काठमाडाैं, २८ मंसिर । ललितपुरको ग्वार्खोस्थित एक पेट्रोल पम्पमा भीषण आगलागी भएको छ । आइतबार साँझ पम्पमा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ ।
पम्पमा आगलागी सुरु भएपछि स्थानीयमा त्रास फैलिएको छ भने नियन्त्रणको प्रयास जारी छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।




