advertisement

ब्रोकर कमिसन घटाउन माग गर्दै गत साता लगानीकर्ता सङ्घका प्रतिनिधिले नेपाल धितोपत्र बोर्डसमक्ष ज्ञापन पत्र बुुझाइसकेका छन् । नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता सङ्घ (नेपाल), नेपाल पुँजी बजार लगानीकर्ता सङ्घ, नेपाल पुँजी बजार सङ्घ र सेयर लगानीकर्ता दबाब समूहले संयुक्त रूपमा ब्रोकर कमिसन घटाउन मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । यो खबर आजको गोरखापत्रमा छ ।

" /> बहसमा ब्रोकर कमिसन - Sarbocha Media

बहसमा ब्रोकर कमिसन

`

     २०७७ मंसिर २८ गते १:३३

काठमाडौं, २८ मंसिर । पछिल्लो समय ऐतिहासिक उचाइ, उच्च कारोबार रकम, पुँजीकरण, कारोबार सङ्ख्यालगायतका रेकर्ड कायम गरेको सेयर बजारमा ब्रोकरले लिने कमिसनको चर्चा पनि चुलिएको छ । ब्रोकरले लिने कमिसन धेरै भयो भन्ने लगानीकर्ताको गुनासो छ भने ब्रोकरको पनि लिन पाउने आफ्नै तर्क छ ।

लामो समयदेखि कमिसन घट्नुपर्ने माग राख्दै आएका लगानीकर्ताले धितोपत्र बोर्डले कात्तिक १ देखि कमिसन घटाउने निर्णय गरे पनि अझै कार्यान्वयन नगरेको गुनासो गर्दै आएका छन् । गत कात्तिक २० गते सेयरको अनलाइन कारोबार सुरु भए पनि त्यसले खासै गति लिन सकेको थिएन । चैत १२ देखि रोकिएको सेयर कारोबार असार १५ बाट मात्रै सुरु भएपछि अधिकांश लगानीकर्ताले भने नियमित रूपमा अनलाइनबाटै सेयर खरिद बिक्री गरिरहेका छन् ।

लगानीकर्ता अनलाइनबाट सेयर कारोबार भएका कारण ब्रोकरको कार्यालय सञ्चालन खर्चमा कटौती भएकाले ब्रोकर कमिसन घटाउनुपर्ने तर्क राख्छन् भने ब्रोकर अन्तर्राष्ट्रियको दाँजोमा नेपालको कम भएको बताउँछन् ।

advertisement

ब्रोकर कमिसन घटाउन माग गर्दै गत साता लगानीकर्ता सङ्घका प्रतिनिधिले नेपाल धितोपत्र बोर्डसमक्ष ज्ञापन पत्र बुुझाइसकेका छन् । नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता सङ्घ (नेपाल), नेपाल पुँजी बजार लगानीकर्ता सङ्घ, नेपाल पुँजी बजार सङ्घ र सेयर लगानीकर्ता दबाब समूहले संयुक्त रूपमा ब्रोकर कमिसन घटाउन मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?