advertisement

नगदे बालीका रूपमा परिचित उखुखेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् । किसानको बक्यौता रकम ९० करोड पुगिसकेको छ । तर, उद्योगीहरूले बक्यौता तिर्नुको सट्टा उद्योग बन्द गरेर दुःख दिन थालेकाले आन्दोलन गर्नुपरेको उनीहरूले बताए । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> उखुको ९० करोड उठाउन किसान फेरि काठमाडौंमा - Sarbocha Media

उखुको ९० करोड उठाउन किसान फेरि काठमाडौंमा

`

     २०७७ मंसिर २७ गते १२:३०

काठमाडौं, २७ मंसिर । देशभरका उखु किसानले चिनी उद्योगहरूबाट लिनुपर्ने करिब ९० करोड उठाउन निर्णायक आन्दोलनको घोषणा गरेका छन् । आइतबारदेखि थाल्ने आन्दोलनका लागि देशभरबाट एक हजार उखु किसान काठमाडौं आउँदै छन् । पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने उनीहरूको योजना छ ।

‘उखु बेचेको पैसा माग्दामाग्दा हामी हैरान भयौँ, अब २८ गते बिहानदेखि हाम्रो वारपारको आन्दोलन सुरु हुन्छ,’ उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले भने, ‘अब हामीले पाउनुपर्ने सबै पैसा बोकेर मात्रै घर फर्किन्छौंँ, आन्दोलनमै मर्नुपरेछ भने पनि त्यसका लागि तयार भएर आउँदै छौँ ।’ शनिबार दिउँसोदेखि नै किसानहरू काठमाडौं पुग्ने क्रम सुरु हुने उनले बताए ।

यसअघि २३ कात्तिकमा रायसहितका १२–१३ जना उखु किसान न्याय माग्दै काठमाडौं आएका थिए । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने जानकारी गराएका थिए । त्यतिवेला उनीहरूले २७ कात्तिकबाट आन्दोलन गर्ने बताएका थिए । तर, यसबीचमा मन्त्रालयले उद्योगी भेला गरेर बैठक बस्ने र किसानको भुक्तानी दिन पहल थालेकाले आन्दोलन एक महिना धकेलिएको रायको भनाइ छ ।

advertisement

नगदे बालीका रूपमा परिचित उखुखेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् । किसानको बक्यौता रकम ९० करोड पुगिसकेको छ । तर, उद्योगीहरूले बक्यौता तिर्नुको सट्टा उद्योग बन्द गरेर दुःख दिन थालेकाले आन्दोलन गर्नुपरेको उनीहरूले बताए । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?