advertisement

अर्जेन्टिनाको राजधानी ब्युनोर्स आयर्सस्थित स्रोतले बेलायती पत्रिका द सनसँग भनेको छन्, ‘म्याराडोनाको सम्पति हत्याउने लडाइँ केवल प्रतिस्पर्धा होइन, विश्वकप नै बन्ने देखिन्छ ।’

म्याराडोनाको नाममा स्वीट्जरल्यान्ड, दुुबई र ब्युुनोर्स आयर्सका विभिन्न बैंकमा पैसा छ, त्यस्तै विश्वका विभिन्न देशमा उनको सम्पत्ति छ र उनीसँग विलासी गाडीहरु पनि थिए । त्यस्तै, कोकाकोला र पुमाजस्ता ठूला ब्रान्डसँगको सम्झौताबाट पनि म्याराडोनाले राम्रो रकम पाएको देखिन्छ ।

म्याराडोनाले २०१२ मा आफूले सम्पत्ति दिन चाहेको व्यक्तिको नाममा कागज गरेपनि त्यसलाई चार वर्षपछि च्यातेको स्रोत बताउँछ । अर्जेन्टिनाको कानूनमा सबै छोराछोरीलाई समान अधिकार दिनुपर्ने र कसैलाई छुट्टाउन नहुने उल्लेख छ ।

स्रोत भन्छ, ‘म्याराडोनाले यसैलाई सम्पत्ति दिन्छु भनेर मृत्युुपूर्व इच्छापत्र नबनाएकाले म्याराडोनासँग नजिक रहेका छोराछोरी र उनीसँग कहिल्यै नभेटेका छोराछोरीले पनि उनको सम्पत्तीमा बराबरी हिस्सेदारीको दाबी पेश गर्न पाउँछन् । यद्यपी, म्याराडोनासँग वर्षौंदेखि सँगै रहेका छोराछोरीका लागि यो कुरा अस्वीकार्य हुनसक्छ र उनीहरुले आफू ठगिएको महसुस गर्न सक्छन् ।’

आफ्नो पहिलो श्रीमती क्लाउडिया भिल्लाफानेतर्फका दुुई छोरीहरु डाल्मा नियरा र जेनिन्ना डिनोरासँग म्याराडोना सबैभन्दा नजिक थिए । यद्यपी, आफ्नो जीवनभर उनी धेरै महिलासँग प्रेम सम्बन्धमा रहे । एजेन्सी

" /> ‘म्याराडोनाको सम्पति हत्याउने लडाइँ केवल प्रतिस्पर्धा होइन, विश्वकप नै बन्ने देखिन्छ’ - Sarbocha Media

‘म्याराडोनाको सम्पति हत्याउने लडाइँ केवल प्रतिस्पर्धा होइन, विश्वकप नै बन्ने देखिन्छ’

`

     २०७७ मंसिर २५ गते ९:१४

काठमाडौं, २५ मंसिर । डिएगो म्याराडोनाको ३७ मिलियन पाउन्ड सम्पत्तिलाई लिएर आफन्तहरुबीच विवाद सुरु भएको छ ।

सम्पत्तिको हिस्सेदारी माग्दै अहिलेसम्म कम्तिमा १६ जनाले दाबी पेश गरिसकेका छन् । इतिहासकै सर्वोत्कृष्ट फुटबलरमध्ये एक म्याराडोनाको हृदयघातका कारण गत महिना निधन भएको थियो । उनले आफ्नो सम्पति कसले पाउने भन्ने विषयमा कुनै इच्छा व्यक्त गरेका थिएनन् ।

कानूनतः म्याराडोनाका पाँच छोराछोरी छन् । यद्यपी, विभिन्न महिलासँगको प्रेम सम्बन्धबाट उनका थप ७ छोराछोरी जन्मिएको बताइन्छ । यी धेरैजसोले म्याडोनासँग भेट्ने अवसर समेत पाएका छैनन्, म्याराडोनाले उनीहरुलाई कहिल्यै वैधानिक रुपमा छोराछोरी मानेनन् । यसबाहेक म्याराडोनाका पाँचमध्ये चार दिदीबहिनीले पनि सम्पत्तिमा आफ्नो हिस्सेदारी खोजेका छन् ।

advertisement

अर्जेन्टिनाको राजधानी ब्युनोर्स आयर्सस्थित स्रोतले बेलायती पत्रिका द सनसँग भनेको छन्, ‘म्याराडोनाको सम्पति हत्याउने लडाइँ केवल प्रतिस्पर्धा होइन, विश्वकप नै बन्ने देखिन्छ ।’

म्याराडोनाको नाममा स्वीट्जरल्यान्ड, दुुबई र ब्युुनोर्स आयर्सका विभिन्न बैंकमा पैसा छ, त्यस्तै विश्वका विभिन्न देशमा उनको सम्पत्ति छ र उनीसँग विलासी गाडीहरु पनि थिए । त्यस्तै, कोकाकोला र पुमाजस्ता ठूला ब्रान्डसँगको सम्झौताबाट पनि म्याराडोनाले राम्रो रकम पाएको देखिन्छ ।

म्याराडोनाले २०१२ मा आफूले सम्पत्ति दिन चाहेको व्यक्तिको नाममा कागज गरेपनि त्यसलाई चार वर्षपछि च्यातेको स्रोत बताउँछ । अर्जेन्टिनाको कानूनमा सबै छोराछोरीलाई समान अधिकार दिनुपर्ने र कसैलाई छुट्टाउन नहुने उल्लेख छ ।

स्रोत भन्छ, ‘म्याराडोनाले यसैलाई सम्पत्ति दिन्छु भनेर मृत्युुपूर्व इच्छापत्र नबनाएकाले म्याराडोनासँग नजिक रहेका छोराछोरी र उनीसँग कहिल्यै नभेटेका छोराछोरीले पनि उनको सम्पत्तीमा बराबरी हिस्सेदारीको दाबी पेश गर्न पाउँछन् । यद्यपी, म्याराडोनासँग वर्षौंदेखि सँगै रहेका छोराछोरीका लागि यो कुरा अस्वीकार्य हुनसक्छ र उनीहरुले आफू ठगिएको महसुस गर्न सक्छन् ।’

आफ्नो पहिलो श्रीमती क्लाउडिया भिल्लाफानेतर्फका दुुई छोरीहरु डाल्मा नियरा र जेनिन्ना डिनोरासँग म्याराडोना सबैभन्दा नजिक थिए । यद्यपी, आफ्नो जीवनभर उनी धेरै महिलासँग प्रेम सम्बन्धमा रहे । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?