advertisement

मन्त्रालयले प्रारम्भमा प्लटिङ गर्न स्वीकृति लिएको र अंशबन्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाट गर्न बन्देज लगाए पनि भदौ १८ गतेको निर्णयअनुरूप फुकुवा गरिएको थियो। यो खबर अन्नपूर्णपोस्टमा छ ।

" /> कित्ताकाट फुकुवाको निर्णय खारेज - Sarbocha Media

कित्ताकाट फुकुवाको निर्णय खारेज

`

     २०७७ मंसिर २४ गते २:५६

काठमाडौं, २४ मंसिर । जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा। मनोजकुमार शर्माको संयुक्त इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयमाथि बन्देज लगाएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुरुमा कित्ताकाट रोके पनि पछि खुला गर्ने निर्णय लिएको थियो। मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भदौ २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले कित्ताकाटमा रोक लगाउने गरी गरेको निर्णय अब अन्तिम हुनेछ।

advertisement

मन्त्रालयले प्रारम्भमा प्लटिङ गर्न स्वीकृति लिएको र अंशबन्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाट गर्न बन्देज लगाए पनि भदौ १८ गतेको निर्णयअनुरूप फुकुवा गरिएको थियो। यो खबर अन्नपूर्णपोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?