काठमाडौं, २४ मंसिर । सत्तारूढ दल नेकपाको अन्तरसंघर्षबाट गुज्रिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक डाके।
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउनुको ध्येय एउटै थियो– पछिल्लो समय व्यवस्थाविरुद्ध सडकमा भइरहेका प्रदर्शनबारे सबै दलहरूको साझा धारणा बनाउने।
राजतन्त्र र हिन्दू राज्य कायम हुनुपर्ने मागसहित भइरहेका प्रदर्शनप्रति सरकारको दृष्टिकोण के हो भन्दै टीकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बैठकमा विषय प्रवेश गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पछिल्ला समय देशमा संविधानविरोधी गतिविधि बढिरहेका छन् भने हत्याहिंसाका घटनाहरू पनि बढ्न थालेका छन्। यसविरुद्ध सबै दलहरू एकजुट हुनु आवश्यक छ।’ यो खबर अन्नपूर्णपोस्टमा छ ।




