advertisement

स्वीस सरकारको आर्थिक सहयोगमा लामोसाँगु–जिरी सडक बन्दै गर्दा सर्भेका लागि आएका स्वीस सिभिल इन्जिनियर जेएफ मेस्सी उहाँको घरमा भाडामा बसेको बेला २०४४ सालमा पहिलोपटक किवि विरुवा रोपेको थियो। यो खबर गोरखापत्रमा छ।

" /> नेपालकै पहिलो किवि बोट, ३३ वर्षदेखि उत्पादन हुँदै - Sarbocha Media

नेपालकै पहिलो किवि बोट, ३३ वर्षदेखि उत्पादन हुँदै

`

     २०७७ मंसिर २४ गते १:०५

चरिकोट, २४ मंसिर । नेपालमा पछिल्लो समय किवि फल निकै लोकप्रिय बन्दै गएको छ । किविलाई फलहरुको राजा भनेर चिनिने भएकाले पनि अहिले यो फल आम मानिसहरूको रोजाइमा पर्न सफल भएको हो । तर यही लोकप्रिय फलको माउ बोट दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर–६ सिमपानी स्थित श्यामबहादुर खड्काको घरमा अझँै सुरक्षित छ र वार्षिक उत्पादन भइरहेको छ ।

हेवार्ड जातको ३३ वर्षीय यो किवि बोट नेपालकै पहिलो किवि बोट भएको दाबी गर्दै खड्काले उक्त बोटमा एक सिजनमा ७० लेखि ८० किलो किवि फल्ने र १८ देखि २० हजार रुपियाँसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

advertisement

स्वीस सरकारको आर्थिक सहयोगमा लामोसाँगु–जिरी सडक बन्दै गर्दा सर्भेका लागि आएका स्वीस सिभिल इन्जिनियर जेएफ मेस्सी उहाँको घरमा भाडामा बसेको बेला २०४४ सालमा पहिलोपटक किवि विरुवा रोपेको थियो। यो खबर गोरखापत्रमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?