जनजीविका तथा परिवर्तनका मुद्दा उनीहरूको छलफलको एजेन्डाबाट गायब भएको त झन् उहिल्यै हो । राजतन्त्र अन्त्यका लागि भएको निर्णायक जनआन्दोलनका कमान्डर नेतृत्व (जिपी कोइराला)को पार्टी नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा पनि असफल छ ।

व्यवस्था परिवर्तनको गौरवपूर्ण जनआन्दोलन लडेका दुई ठूला शक्ति एक भएर प्रचण्ड बहुमतसहित सत्तासीन रहेको यसै घडीमा, जनयुद्धको जगमा उठेको भनिएको जनआन्दोलनले रछ्यानमा विसर्जन गरेको राजतन्त्रलाई पुनः बौराउन माग गर्नेहरूले सडक कब्जामा लिएका छन् । र, जनजीविकाका यावत् समस्याले किचिएर निस्सासिन विवश नेपाली जनताको आक्रोशलाई दक्षिणपन्थीहरूले औजार बनाएर व्यवस्थाकै शिरमा प्रहार गर्ने प्रयास गर्दै छन् ।

केही सहरमा राजावादीहरूले गरेको प्रदर्शन हेर्दा र निरन्तर जनसहभागिता बढ्दै गएको देख्दा सडक कब्जा पूर्णतः दिवास्वप्न हो भन्न सक्ने स्थिति पनि छैन । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राजतन्त्र भर्सेज गणतन्त्रको बहस सर्वाधिक उत्कर्षमा छ र यो ग्राफ उकालो लाग्दो छ । यो खालको विस्मयकारी तमासा रैती बन्न अनिच्छुक नेपाली जनतालाई प्रियकर पक्कै लागिरहेको छैन । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> राष्ट्रपतिको सिंहासनमा सांस्कृतिक राजतन्त्र - Sarbocha Media

राष्ट्रपतिको सिंहासनमा सांस्कृतिक राजतन्त्र

`

     २०७७ मंसिर २३ गते १२:४४

काठमाडौं, २३ मंसिर । यो देशमा राजतन्त्र उखेलेर गणतन्त्र ल्याउन १० वर्ष सशस्त्र युद्ध गरेको पार्टी र जनआन्दोलनमा भूमिका निभाएको दल मिलेर बनेको विशाल एवं शक्तिशाली पार्टी अहिले बालुवाटारमा छिनाझपडी गरिरहेको छ ।जनजीविका तथा परिवर्तनका मुद्दा उनीहरूको छलफलको एजेन्डाबाट गायब भएको त झन् उहिल्यै हो । राजतन्त्र अन्त्यका लागि भएको निर्णायक जनआन्दोलनका कमान्डर नेतृत्व (जिपी कोइराला)को पार्टी नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा पनि असफल छ ।

व्यवस्था परिवर्तनको गौरवपूर्ण जनआन्दोलन लडेका दुई ठूला शक्ति एक भएर प्रचण्ड बहुमतसहित सत्तासीन रहेको यसै घडीमा, जनयुद्धको जगमा उठेको भनिएको जनआन्दोलनले रछ्यानमा विसर्जन गरेको राजतन्त्रलाई पुनः बौराउन माग गर्नेहरूले सडक कब्जामा लिएका छन् । र, जनजीविकाका यावत् समस्याले किचिएर निस्सासिन विवश नेपाली जनताको आक्रोशलाई दक्षिणपन्थीहरूले औजार बनाएर व्यवस्थाकै शिरमा प्रहार गर्ने प्रयास गर्दै छन् ।

केही सहरमा राजावादीहरूले गरेको प्रदर्शन हेर्दा र निरन्तर जनसहभागिता बढ्दै गएको देख्दा सडक कब्जा पूर्णतः दिवास्वप्न हो भन्न सक्ने स्थिति पनि छैन । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राजतन्त्र भर्सेज गणतन्त्रको बहस सर्वाधिक उत्कर्षमा छ र यो ग्राफ उकालो लाग्दो छ । यो खालको विस्मयकारी तमासा रैती बन्न अनिच्छुक नेपाली जनतालाई प्रियकर पक्कै लागिरहेको छैन । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?