advertisement

‘एसआरसीटीआईपी’ कार्यक्रम अन्तर्गत नै पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पथलैया–ढल्केवर–कमला सडकखण्ड र मुग्लिन–नागढुङ्गा खण्डको विस्तार कार्य अगाडि बढाइएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

" /> मुलुकभरको तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिँदै - Sarbocha Media

मुलुकभरको तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिँदै

`

     २०७७ मंसिर १६ गते १:०८

काठमाडौं, १६ मंसिर । मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिनेभएको छ । ‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायातको विकासको पाँच वर्षे महìवाकाङ्क्षी रणनीतिक योजना’ अन्तर्गत मर्मतको काम थालिएको हो ।

रणनीतिक योजना अन्तर्गत मुलुकको मुख्य सडकको मर्मत कार्य अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले मर्मत कार्यक्रम अन्तर्गत बढी ट्राफिक चाप हुने प्रमुख राजमार्ग (कोर रोड नेटवर्क) का सडकमा मर्मत गरिनेछ । यस कार्यक्रमका लागि नीतिगत रूपमा सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ भन्नुभयो ।

यस कार्यक्रमका लागि सडकको समेत छनोट भइसकेको र त्यसमा मुलुकका सबै प्रमुख राजमार्ग परेको उहाँले जानकारी दिनुभयो । कम्तीमा दैनिक दुई हजार व्यक्ति आवतजावत गर्ने सडकलाई ‘कोर रोड नेटवर्क’ भन्ने गरिन्छ ।

उहाँले विश्व बैङ्कको ऋण सहयोगमा रणनीतिक सडक कनेक्टिभिटी र व्यापार सुधार परियोजना ९स्टार्टिजिक रुट कनेक्टिभिटी एन्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट, एसआरसीटीआईपी० कार्यक्रम अन्तर्गत तीन हजार तीन सय किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गर्न लागिएको हो भन्नुभयो ।

यस कार्यक्रम अन्तर्गत पूर्व–पश्चिम राजमार्ग, अरनिको राजमार्ग, बीपी राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, मेची राजमार्ग, कोसी राजमार्ग लगायत मुलुकका प्रमुख सबै राजमार्गको मर्मत गरिने उपमहानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

advertisement

‘एसआरसीटीआईपी’ कार्यक्रम अन्तर्गत नै पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पथलैया–ढल्केवर–कमला सडकखण्ड र मुग्लिन–नागढुङ्गा खण्डको विस्तार कार्य अगाडि बढाइएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?