advertisement

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटुवालका अनुसार लक्षणको आधारमा मृतकमा कोरोना संक्रमण आशंका गरिएको र मृत्युपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको छ ।

गत कात्तिक ६ गते पोखराको गण्डकी अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएकी बुढाथोकी १५ दिनपछि रिफर भइ घर आएकी बुढाथोकीलाई श्वासप्रश्वासमा समस्या भएपछि आइतबार राति प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ ल्याइएकी बुढाथोकीलाई सोमबार बिहान १० बजे बेनी अस्पताल ल्याइएको थियो ।

" /> गण्डकी अस्पतालमा म्याग्दीकी सुत्केरीको मृत्यु - Sarbocha Media

गण्डकी अस्पतालमा म्याग्दीकी सुत्केरीको मृत्यु

`

     २०७७ मंसिर १५ गते ३:०४

म्याग्दी, १५ मंसिर । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि गण्डकी अस्पताल पुर्‍याइएकी मालिका गाउँपालिका–५ देविस्थानकी एक सुत्केरीको मृत्यु भएको छ ।

बेनी अस्पतालका अनुसार अक्सिजनको मात्र ह्वात्तै घटेपछि अक्सिजन दिएर थप उपचारका लागि पोखरा रिफर गरिएकी मालिका–५ की २२ वर्षीया मुना पुन बुढाथोकीको सोमबार दिउँसो गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो ।

advertisement

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटुवालका अनुसार लक्षणको आधारमा मृतकमा कोरोना संक्रमण आशंका गरिएको र मृत्युपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको छ ।

गत कात्तिक ६ गते पोखराको गण्डकी अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएकी बुढाथोकी १५ दिनपछि रिफर भइ घर आएकी बुढाथोकीलाई श्वासप्रश्वासमा समस्या भएपछि आइतबार राति प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ ल्याइएकी बुढाथोकीलाई सोमबार बिहान १० बजे बेनी अस्पताल ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?