advertisement

आयोजनाका अनुसार बुटवल क्षेत्र भएर बग्ने तिनाउ र दानव नदीका दुवैतर्फका किनारै किनारमा करिडोर बन्नेछ । तिनाउ नदीमा ३५ किलोमिटर र दानव नदीमा १५ किलोमिटर गरी दुवैतर्फ दुई लेनको सडक निर्माण हुनेछ । त्यसका लागि पहिलो चरणमा तिनाउ नदीको साढे आठ र दानव नदीको साढे तीन किलोमिटरका लागि ठेक्का सम्झौता भइसकेको छ । यो खबर आजको गोरखापत्रमा छ ।

" /> धमाधम अगाडि बढ्दैछन् ठूला आयोजना - Sarbocha Media

धमाधम अगाडि बढ्दैछन् ठूला आयोजना

`

     २०७७ मंसिर १५ गते १:०८

बुटवल, १५ मंसिर । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीमा यो जस्तै अन्य ठूला आयोजना पनि धमाधम निर्माण भइरहेका छन् । निर्माणको गति जारी रहँदा एकपछि अर्का ठूला आयोजना थपिने क्रम पनि जारी छ ।

पछिल्लो पटक, यो साता सुुरु भएका महìवाकाङ्क्षी ठूला आयोजना हुन्–तिनाउ दानव करिडोर र झुम्सा खानेपानी आयोजना । दुवै आयोजनाको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभएको हो ।

यसअघि रुपन्देहीमा बुटवल बेलहिया छ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल, बुटवल–नारायणघाट सडक, भैरहवा–लुम्बिनी–तौलिहवा सडक, बेलबास–बेथरी सडक, बुटवल कृषि उपज केन्द्र, मोतीपुर औद्योगिक क्षेत्रजस्ता अर्बौैं रुपियाँ लगानीका आयोजनाहरू निर्माण भइरहेका छन् । सङ्घीय बजेटका यस्ता आयोजनासँंगै प्रदेश र स्थानीय तहबाट पनि कयौँ विकास निर्माणका योजना सञ्चालनमा छन् ।

अर्थमन्त्री पौडेल भन्नुहुन्छ, “बुटवल–पश्चिम धानखोला सडक, बुटवल–पोखरा सडक विस्तार लगायतका थप आयोजना पनि थपिने छन् । बजेटको प्रबन्ध भइरहेको छ । स्रोतको अभाव हुनेछैन् ।” उहाँका भनाइमा बहुप्रतिक्षित सिद्धबाबा सुरुङ मार्गको काम पनि छिट्टै अगाडि बढ्नेछ । पछिल्लो पटक सुरु भएको तिनाउ दानव करिडोर चार अर्ब १३ करोडमा बन्न लागेको हो । नेपालले अङ्ग्रेज सेनालाई हराएको बुटवलको जितगढी किल्ला नजिक भएर भारतीय सीमा मर्चवार पुग्ने यो करिडोर ५० किलोमिटरको हुनेछ ।

advertisement

आयोजनाका अनुसार बुटवल क्षेत्र भएर बग्ने तिनाउ र दानव नदीका दुवैतर्फका किनारै किनारमा करिडोर बन्नेछ । तिनाउ नदीमा ३५ किलोमिटर र दानव नदीमा १५ किलोमिटर गरी दुवैतर्फ दुई लेनको सडक निर्माण हुनेछ । त्यसका लागि पहिलो चरणमा तिनाउ नदीको साढे आठ र दानव नदीको साढे तीन किलोमिटरका लागि ठेक्का सम्झौता भइसकेको छ । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?