दमौली, १४ मंससिर । देवघाट ३ नाल्बुङ निवासी माया गुरुङ ७३ वर्षकी भइन्। गाउँमै हुर्कि बढी वृद्धावस्थामा ढल्कन थालेकी उनी नेपाली हुन् भन्नेमा कुनै शंका छैन। तर राज्यको नजरमा भने उनी यत्तिका उमेरम्म पनि अनागरिक नै थिइन्।
उनले अहिलेसम्म नागरिकता पाएकी थिइनन्। बिहे पनि नगरेकी र परिवारका कोही पनि सदस्य नभएकी उनी मामाघरको खाली झुप्रोमा बस्दै आएकी थिइन्। तर २०७२ सालको भूकम्पले उनको त्यो आश्रय पनि भत्कियो ।
प्राविधिकहरुले उनको घर पूर्ण क्षतिग्रस्त भनेर लाभग्राहीको सूचीमा त पारिदिए तर नागरिकता नै नभएकाले उनी त्यो सुविधाबाट बञ्चित भइन्। मंसीर मसान्तसम्म सम्झौता नभएमा सूचीमा परेकाले घर बनाउने पैसा नपाउने सरकारले भनेको छ। तर मायाको नागरिकता नै थिएन। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




