काठमाडौं, १३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार सन्दीप लामिछानेमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
लामिछानेले ट्विटरमार्फत आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन् । उनले हिजो शुक्रबार आफूमा कोरोना पोजेटिभ भएको बताएका हुन् ।
लामिछानेले ट्विटरमा ुबुधबारदेखि आफ्नो शरिरको केही भाग दुःखीरहेको बताएका छन् । तर अहिले उनको स्वास्थ्यमा केही सुधार भइरहेको जनाइएको छ।

उनले सबै राम्रो भएमा आफू छिट्टै मैदानमा फर्किने बताएका छन् ।




