advertisement

नपाले सामाजिक सुरक्षाभत्ता उपलब्ध नगराएसम्म संघर्षका कार्यक्रम जारी रहने समाजका अध्यक्ष महाप्रसाद पराजुलीले चेतावनी दिए। उनले बिहीबार पनि नगरपालिका घेराउ जारी रहने सुनाए। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

" /> वृद्ध भत्तामा पनि राजनीति : नगरपालिका घेराउ गर्न पुगे ज्येष्ठ नागरिक ! - Sarbocha Media

वृद्ध भत्तामा पनि राजनीति : नगरपालिका घेराउ गर्न पुगे ज्येष्ठ नागरिक !

`

     २०७७ मंसिर ११ गते १:४४

भक्तपुर, ११ मंसिर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा यहाँका ज्येष्ठ नागरिकले घेराउ गरेका छन्। दसैंअघि नै दिनुपर्ने सामाजिक सुरक्षाभत्ता तिहार र छठ पर्व सकिँदा पनि नपाएको भन्दै उनीहरुले बुधबार नगरपालिका कार्यालय घेराउ गरेका हुन्।

अग्रज समाज नेपालको पहलमा ज्येष्ठ नागरिकले नगरपालिका कार्यालय घेरेका हुन्। उनीहरुले छिटोभन्दा छिटो आफूहरुलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन माग गरेका छन्।

advertisement

नपाले सामाजिक सुरक्षाभत्ता उपलब्ध नगराएसम्म संघर्षका कार्यक्रम जारी रहने समाजका अध्यक्ष महाप्रसाद पराजुलीले चेतावनी दिए। उनले बिहीबार पनि नगरपालिका घेराउ जारी रहने सुनाए। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?