advertisement

आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बलिकालाई अपहरण गरेर घरमा लुकाएका थिए। ‘मेरो छोरीको बलात्कारपछि हत्या गरेर लास फालेको हामीलाई लागेको छ,’ बालिकाका बुवाले शहिद आलमले भने। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

" /> आइतबारदेखि हराएकी ६ वर्षीया बालिकाको शव मध्यरातमा बोरामा भेटियो - Sarbocha Media

आइतबारदेखि हराएकी ६ वर्षीया बालिकाको शव मध्यरातमा बोरामा भेटियो

`

     २०७७ मंसिर ०९ गते २:१३

बर्दिबास, ९ मंसिर । महोत्तरीको बर्दिबास- १४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव फेला परेको छ।

आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए।

हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा बालिकाको शव सोमबार मध्य रातमा फेला परेको हो। बर्दिबास—१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो।

हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले गौशाला— ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको डीएसपी चपागार्इंले बताए। उनका अनुसार ति युवकले आरोप स्वीकारसमेत गरेका छन्।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयले बताएका छन्। आरोपीले बालिकाको बलात्कार गरेर हत्या गरेको हो ? भन्ने प्रश्नमा डीएसपीले भने,‘त्यो कुरा पोस्टमाटम रिपोर्टले भन्छ।’

प्रहरीले आरोपी साहलाई गौशालाबाट सोमबार साँझ नियन्त्रणमा लिएको हो। पूर्व—पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाटे नव क्षितिज क्यामस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन्।

advertisement

आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बलिकालाई अपहरण गरेर घरमा लुकाएका थिए। ‘मेरो छोरीको बलात्कारपछि हत्या गरेर लास फालेको हामीलाई लागेको छ,’ बालिकाका बुवाले शहिद आलमले भने। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?