advertisement

त्यस्तै उनीसँग धान खेतमा काम गरिरहेका ३५ वर्षीय प्रकाश चन्द दाहाललाई खुकुरी प्रहार गरी घाइते भएका छन्। उनको अहिले दमकस्थित एक अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमती माथि शङ्का लागेपछि खुकुरी प्रहार गरेको खुलेको छ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

" /> शंकाकै भरमा श्रीमतीको हत्या - Sarbocha Media

शंकाकै भरमा श्रीमतीको हत्या

`

     २०७७ मंसिर ०८ गते ८:४४

काठमाडौं, ८ मंसिर । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ।

आइतबार झापाको दमक नगरपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय चूडामणि भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। आइतबार साँझ भण्डारीले ३९ वर्षीया श्रीमती टिकादेवी पौडेललाई धान खेतमा काम गरिरहेको अवस्थामा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

advertisement

त्यस्तै उनीसँग धान खेतमा काम गरिरहेका ३५ वर्षीय प्रकाश चन्द दाहाललाई खुकुरी प्रहार गरी घाइते भएका छन्। उनको अहिले दमकस्थित एक अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमती माथि शङ्का लागेपछि खुकुरी प्रहार गरेको खुलेको छ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?