गलकोट,८ मंसिर । बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको जिप बडिगाड–६ सुरखुरेमा सोमबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको छ ।
दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको बताइएको छ ।




