advertisement

कांग्रेस स्रोतका अनुसार करिब डेढ घन्टा सामयिक राजनीति, संवैधानिक आयोग र विश्वविद्यालयसहितका विषयमा छलफल भएपछि ओलीले भनेका थिए, ‘म एकैछिन तपाईं (देउवा)सँग छुट्टै कुराकानी गर्न चाहन्छु ।’यो खबर आजका नयाँपत्रिकामा छ ।

" /> सत्ता गठबन्धनमा कांग्रेसको खोजी - Sarbocha Media

सत्ता गठबन्धनमा कांग्रेसको खोजी

`

     २०७७ मंसिर ०८ गते १२:०८

काठमाडौं, ८ मंसिर । पार्टीभित्र दबाबमा परेका प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग साझेदारीको प्रस्ताव गरेका छन् ।

शनिबार दिउँसो कांग्रेस सभापतिसँगको भेटमा प्रधानमन्त्री ओलीले आफ्नो पार्टी नेकपाभित्रको टकराव दुर्घटनाउन्मुख भएको निष्कर्ष सुनाउँदै नयाँ सहकार्यका लागि आग्रह गरेका हुन् ।

नेकपा सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले करिब एक दर्जन गम्भीर अभियोगसहित प्रस्ताव प्रस्तुत गरेपछि अर्का अध्यक्ष ओलीले आगामी १३ मंसिरमा जवाफी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

दुवै प्रस्ताव निर्णयार्थ प्रस्तुत भएमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा पर्ने अवस्था छ । ओलीले सकेसम्म संसदीय दलमा बहुमत पु¥याउने, दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेर नयाँ दल बनाउने र संसद् विघटन गर्नेसम्मको विकल्पमा परामर्श गर्दै आएका छन् ।

संसदीय दलमा बहुमत सिद्ध गरेमा ओलीको प्रधानमन्त्री पद सुरक्षित हुनेछ । तर, दलमा बहुमत नपुग्ने अवस्थामा उनले नयाँ दल सिर्जना गर्न सक्छन् जसका लागि उनले नयाँ गठबन्धन बनाउनुपर्नेछ ।

संवैधानिक आयोगमा नियुक्तिका विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले बोलाएपछि शनिबार दिउँसो देउवा प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । देउवाले आफूसँगै रमेश लेखकलाई पनि लगेका थिए, खासमा कानुनी विषयमा पनि सहयोग पुग्छ भनेर देउवाले लेखकलाई लिएर हिँड्ने गरेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहभागी थिए । भेटको विषयमा कांग्रेस नेतृत्वले आफ्ना समूहका शीर्ष नेताहरूसँग विषयवस्तु साझा गरेका छन् ।

advertisement

कांग्रेस स्रोतका अनुसार करिब डेढ घन्टा सामयिक राजनीति, संवैधानिक आयोग र विश्वविद्यालयसहितका विषयमा छलफल भएपछि ओलीले भनेका थिए, ‘म एकैछिन तपाईं (देउवा)सँग छुट्टै कुराकानी गर्न चाहन्छु ।’यो खबर आजका नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?