advertisement

पक्राउ पर्नेहरूमा वीरगञ्ज छपकैयाका मुन्ना साठी र मिना देवी रहेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

ग प्रहरीको झडप भएसँगै घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप बल पुगेको र सो क्रममा तस्करीको सामानसहित २ जनालाई पक्राउ गरिएको जनाइएको छ।

प्रहरीलाई कुटपिट गर्ने अन्य तस्कर समूहको खोजी भइरहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

" /> वीरगञ्जमा तस्कर र प्रहरीबीच झडप - Sarbocha Media

वीरगञ्जमा तस्कर र प्रहरीबीच झडप

`

     २०७७ मंसिर ०७ गते १२:०२

जनकपुरधाम, ७ मंसिर । भन्सार छली भित्र्याउँदै गरेको तस्करीको सामान नियन्त्रणमा लिने क्रममा आज अपरान्ह वीरगञ्जको नेपाल भारत सीमानजिकै प्रहरी र तस्करबीच झडप भएको छ।

झडपको क्रममा अस्थायी प्रहरी चौकी इनर्वाका इन्चार्ज जय प्रकाश पाण्डे घाइते भएका छन्। तस्करहरूको आक्रमणबाट पाण्डेको नाकमा गहिरो चोट लागेको छ ।

घाइते पाण्डेको नारायणी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीलाई कुटपिट गर्ने दुई जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य तस्करहरू फरार छन्।

advertisement

पक्राउ पर्नेहरूमा वीरगञ्ज छपकैयाका मुन्ना साठी र मिना देवी रहेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

ग प्रहरीको झडप भएसँगै घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप बल पुगेको र सो क्रममा तस्करीको सामानसहित २ जनालाई पक्राउ गरिएको जनाइएको छ।

प्रहरीलाई कुटपिट गर्ने अन्य तस्कर समूहको खोजी भइरहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?