advertisement

उनी बिहान ७ बजे घरबाट निस्केका थिए। उनले घरबाट निस्केको एक घण्टामा छोरालाई मन्दिर नजिकै छु भनेका थिए। उनी अबेरसम्म घर नफर्केपछि परिवारले खोज्न जाँदा झुण्डिएको अवस्था फेला परेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए। उनी नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

" /> रूखमा झुण्डिएको अवस्थामा भेटिए कञ्चनपुरका वडाध्यक्ष - Sarbocha Media

रूखमा झुण्डिएको अवस्थामा भेटिए कञ्चनपुरका वडाध्यक्ष

`

     २०७७ मंसिर ०५ गते १:०४

धनगढी, ५ मंसिर । कञ्चनपुरका एक वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला परेका छन्। बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का ५७ वर्षीय वडा अध्यक्ष कृष्ण बहादुर रोकाया शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका हुन्।

आज बिहान १० बजेतिर घरदेखि एक किलोमिटर टाढाको रूखमा प्लाष्टिकको डोरीले झुण्डिएका अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिए ।

advertisement

उनी बिहान ७ बजे घरबाट निस्केका थिए। उनले घरबाट निस्केको एक घण्टामा छोरालाई मन्दिर नजिकै छु भनेका थिए। उनी अबेरसम्म घर नफर्केपछि परिवारले खोज्न जाँदा झुण्डिएको अवस्था फेला परेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए। उनी नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?