ललितपुरमा कोरोनाबाट एक महिलाको ज्यान गयो

`

     २०७७ मंसिर ०३ गते ४:२४

काठमाडौं,३ मंसिर। ललितपुरमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

किस्ट अस्पताल ग्वार्कोमा ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कोभिड आईसीयूमा राखेर उनको थप उपचार थालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?