काठमाडौं, ३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ– नेपालमा हालसम्म दुई लाख १४ हजार चार सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले ३० हजार नौ सय ४६ सक्रिय संक्रमित छन् । हालसम्म एक हजार दुई सय ४७ जनाको मृत्यु भएको छ । र, कुल संक्रमितमध्ये ७९ हजार दुई सय ४२ जना निको भएका छन् ।
जोन हकिन्स विश्वविद्यालयले अपडेट गरेको पछिल्लो आँकडा हेरौँ । १७ नोभेम्बरसम्म संसारभर करिब पाँच करोड ५१ लाख ४७ हजारजना संक्रमित भएका छन् । तीमध्ये करिब १३ लाख २९ हजार पाँच सय ५६ जनाको मृत्यु भएको छ । संसारभर अहिले एक करोड ९६ लाख ७४ हजार पाँच सय ५५ सक्रिय संक्रमित छन् ।

चीन हुबेई प्रान्तको वुहानमा कोरोना भाइरस संक्रमण पहिलोपटक पुष्टि भएको १७ नोभेम्बरमा ठ्याक्कै वर्षदिन पुगेको छ । एक वर्षयताको नेपाल र संसारको आँकडा हो, माथिको । यसबीचमा कोरोना संकटले संसारभरको सामाजिक, आर्थिक संरचनालाई तहसनहस बनाइदिएको छ । अधिकांश मुलुकको जनजीवन अस्तव्यस्त छ । यो खबर नयाँपत्रिकामा छ ।




