advertisement

उक्त पत्रमा प्रधानमन्त्री ओलीमा व्यक्तिवाद हावी भएको, स्थायी कमिटीका निर्णयलाई निरन्तर उल्लंघन गरेको, प्रधानमन्त्रीकै कारण कर्णाली प्रदेशमा समस्या उत्पन्न भएको, कोभिड–१९ महामारी नियन्त्रण गर्न नसकेको, पर्सामा पार्टी कार्यकर्ता हत्या हुँदा गुटगत संरक्षण गरेकोलगायत आरोप समेटिएको थियो। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

" /> ओली–दाहाल पत्र–युद्ध - Sarbocha Media

ओली–दाहाल पत्र–युद्ध

`

     २०७७ कार्तिक २९ गते २:३१

काठमाडौं, २९ कात्तिक । सत्तारूढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद पत्रमार्फत आरोप-प्रत्यारोपमा पुगेको छ।

प्रधानमन्त्री ओली र दाहाल एकअर्काले गुटबन्दी गरेको आरोपदेखि अध्यक्षद्वयबीच भएको छलफलमा एकले अर्कोलाई दोषी देखाउँदै कृत्रिम कुरा गरेको आरोपसम्म लगाएका छन्। नेकपामा पछिल्लो पटक उत्पन्न विवादका बीच दुई अध्यक्षबीच भएका पत्राचारको शृंखला यहाँ प्रस्तुत गरिएको छ।

कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ मा ‘केन्द्रीय सचिवालयको बैठक बोलाउनेबारे’ भन्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पत्र बुझाए।

advertisement

उक्त पत्रमा प्रधानमन्त्री ओलीमा व्यक्तिवाद हावी भएको, स्थायी कमिटीका निर्णयलाई निरन्तर उल्लंघन गरेको, प्रधानमन्त्रीकै कारण कर्णाली प्रदेशमा समस्या उत्पन्न भएको, कोभिड–१९ महामारी नियन्त्रण गर्न नसकेको, पर्सामा पार्टी कार्यकर्ता हत्या हुँदा गुटगत संरक्षण गरेकोलगायत आरोप समेटिएको थियो। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?