चितवन, २५ कात्तिक । कोरोना संक्रमणका कारण चितवनमा थप एकजना मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार रातको ८ः१८ बजे मृत्यु भएका अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्यादेखिएपछि मेडिकल कलेजमा भर्ना भएका उनीमा २१ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड आईसीयू कक्षमा राखेर उपचार थालिए पनि उनलाई बचाउन नसकिएको डा. लम्सालको भनाई छ ।
डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट समेत पिडित थिए ।




