उदयपुर, २४ कात्तिक । उदयपुरमा स्कुटर दुर्घटना हुदा कक्षा ११ को परीक्षा दिन हिडेकी एक १९ वर्षीया युवती प्रिया बुढाथोकीले ज्यान गुमाएका छन् । जिल्लाको त्रियुगा नगरपालिका १० स्थित मदन भण्डारी आँखा अस्पताल नजिक सोमबार विहान करिव ७ः०० बजे भएको स्कुटर दुर्घटनामा परी मृत्यु भएका छन् भने उनको भाइ घाईते भएका थिए ।

घाइते अवस्थामा रहेका दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुर पुर्याइएका थिए। जिल्ला अस्पतालमा उपचार नहुने भएपछि बिराटनगर पुर्याएर उपचार हुदैगर्दा उनले ज्यान गुमाएकी हुन् ।
प्रियाको १३ वर्षीय भाइ युनिकको अवस्था भने सामान्य रहेको बताइएको छ । प्रियाको परीक्षाका लागि राजाबासबाट गाईघाट को ४९ प ९०७० नम्बरको स्कुटर चढेर दिदीभाई सँगै आउँदै गर्दा सडकमा कुकूर जोगाउँन खोज्दा दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनकारी दिए ।
मृतक प्रिया उदयपुर सदरमुकाम गाईघाटस्थित प्याराडाइज बोर्डिङ स्कूलमा कक्षा ११ को परीक्षा विद्यार्थी रहेको प्रिन्सीपल बाबुराम आचार्यले बताए । प्रियाको मृत्युपछि विद्यालय र परिवार शोकाकुल बनेका छन् । प्रियाको शव अहिले बिराटनगरबाट घरतर्फ ल्याउदै गरेको प्रहरीले जनाएको छ ।




