advertisement

विगत वर्षमा दैनिक ८ सयभन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न पुग्ने फेवातालमा अहिले २ सय हाराहारीमा पर्यटन आउने गरेका छन्। अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा संचालनमा छन्। विगतका वर्षमा जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन्।

नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले बताए।

फेवातालमा सयर गर्ने पर्यटक र अन्य डुंगा चालकले स्वास्थ्य सुरुक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ। सबैभन्दा महत्वपूर्ण साबुनपानीले हात धुने र मास्क अनिवार्य गरिएको छ। र तापक्रम नापेपछि भने लाइफ ज्याकेट दिएर ढुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी संमितिले जनाएको छ।

प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानिटाइज‍ गरेर पुनःप्रयोगमा ल्याइने गरिएको छ। डुंगा संचालन गर्दा भौतिक दुरी कायम गर्ने गरिएको छ।

" /> फेवातालमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो - Sarbocha Media

फेवातालमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

`

     २०७७ कार्तिक २३ गते ९:४६

काठमाडौं, २३ कात्तिक । कोरोना संक्रमणको जोखिम र लामो लकडाउनका कारण ७ महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकको चहलपहल बढेको छ।

असोज २ गतेबाट सञ्चालनको अनुमति पाएपनि सुरुवाती दिनभन्दा अहिले आन्तरिक पर्यटकको चहलपहल बढिरहेको हो। सञ्चालनको सुरुवाती दिनमा रित्ता डुंगा तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै २ सयभन्दा बढी पर्यटक रमाउने गरेका छन्।

विगतभन्दा संख्यात्मक हिसाबले कम भएपनि लकडाउनपछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक छ। अहिले देशभरका मठमन्दिर जस्तै फेवातालबीचमा रहेको तालबाराही मन्दिर बन्द छ। यद्यपि डुंगाबाटै मन्दिर परिक्रमा गर्ने आन्तरिक पर्यटकहरुको चहलपहल भने बढ्दो छ।

advertisement

विगत वर्षमा दैनिक ८ सयभन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न पुग्ने फेवातालमा अहिले २ सय हाराहारीमा पर्यटन आउने गरेका छन्। अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा संचालनमा छन्। विगतका वर्षमा जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन्।

नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले बताए।

फेवातालमा सयर गर्ने पर्यटक र अन्य डुंगा चालकले स्वास्थ्य सुरुक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ। सबैभन्दा महत्वपूर्ण साबुनपानीले हात धुने र मास्क अनिवार्य गरिएको छ। र तापक्रम नापेपछि भने लाइफ ज्याकेट दिएर ढुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी संमितिले जनाएको छ।

प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानिटाइज‍ गरेर पुनःप्रयोगमा ल्याइने गरिएको छ। डुंगा संचालन गर्दा भौतिक दुरी कायम गर्ने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?