advertisement

बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नो गरौं, तर झगडा नगरी सल्लाहमा गरौं भनेर बोल्ने गरेको ओलीको आरोप छ। ‘फेरि अर्को साथीले पनि त्यस्तो भन्नुभयो भन्ने कुरा छलफलका क्रममा प्रचण्डजीले मसँग भन्नुभयो’, उनले भने, ‘त्यसपछि मैले उहाँलाई सोधें, त्यस्तो स्थिति आउन दिने ? अनेकतातिर जान दिने? एकताबद्ध बनाएरै पार्टीलाई अगाडि बढाउनुपर्छ, अरू प्रकारका गुटगत क्रियाकलाप तपाईहरू गर्दै हुनुहुन्छ, यो नगरौं भनेको हुँ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> ‘पार्टी फुट्दैन, फुट्न दिइन्न’ - Sarbocha Media

‘पार्टी फुट्दैन, फुट्न दिइन्न’

`

     २०७७ कार्तिक २३ गते ३:१०

काठमाडौं, २३ कात्तिक । नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्‍यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरूलाई सुनाएपछि राजनीति तरंगित भयो। तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन्।

‘कसले गर्‍यो पार्टी फुट्ने कुरा ? मैले ?’ अन्नपूर्ण पोस्ट्सँगको विशेष अन्तर्वार्तामा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूले नै अलि अगाडि पत्रकार सम्मेलनै गरेर जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको होइन ? मैले भनेको हो र ? जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ?’

advertisement

बरु दाहालले मिल्न सकिँदैन भने आ–आफ्नो गरौं, तर झगडा नगरी सल्लाहमा गरौं भनेर बोल्ने गरेको ओलीको आरोप छ। ‘फेरि अर्को साथीले पनि त्यस्तो भन्नुभयो भन्ने कुरा छलफलका क्रममा प्रचण्डजीले मसँग भन्नुभयो’, उनले भने, ‘त्यसपछि मैले उहाँलाई सोधें, त्यस्तो स्थिति आउन दिने ? अनेकतातिर जान दिने? एकताबद्ध बनाएरै पार्टीलाई अगाडि बढाउनुपर्छ, अरू प्रकारका गुटगत क्रियाकलाप तपाईहरू गर्दै हुनुहुन्छ, यो नगरौं भनेको हुँ।’ यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?