advertisement

त्यसैले महानगरपालिकाले आइतबार सरोकारवालाको बैठक राखेर सामुदायिक विद्यालय पनि सोमबारदेखि सन्चालन गर्ने निर्णय गरेको हो। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

" /> सात महिनादेखि बन्‍द विद्यालय सोमबारदेखि खुल्ने - Sarbocha Media

सात महिनादेखि बन्‍द विद्यालय सोमबारदेखि खुल्ने

`

     २०७७ कार्तिक १७ गते १:४१

वीरगन्ज, १७ कात्तिक । कोरोना महमारीका कारण ७ महिनादेखि बन्द रहेका वीरगन्ज महानगरका सामुदायिक विद्यालय सोमबारदेखि खुल्ने भएका छन्। वीरगन्ज महानगरपालिकामा आइतबार बसेको सरोकारवालाको बैठकले ८, ९ र १० कक्षाको मात्रै पठनपाठन हुने गरी सामुदायिक विद्यालय सोमबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।

नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सन्चालन गर्ने निर्णय गरिएको नगर प्रमुख विजय सरावगीले जानकारी दिए। कोरोना भाइरस संक्रमणको महामारीमा विद्यार्थीको स्वास्थ्य जोखिममा पर्ने भएकोले चैत ५ गतेदेखि नै देशभरका विद्यालय बन्द छन्।

नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय खोल्ने र यसको जिम्मेवार पक्ष स्थानीय सरकार हो भनेको छ। महानगरमा रहेका निजी विद्यालय भने सरकारको निर्देशन विपरित र महानगरको अनुमति बेगर आफूखुशी गत बिहीबारदेखि सन्चालनमा आइसकेका छन्।

advertisement

त्यसैले महानगरपालिकाले आइतबार सरोकारवालाको बैठक राखेर सामुदायिक विद्यालय पनि सोमबारदेखि सन्चालन गर्ने निर्णय गरेको हो। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?