नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धक(जीएम), प्रमुख वित्त अधिकृत, सात प्रदेशका लागि सात जना स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि आवेदन आव्हान गरेको थियो ।

नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले प्रमुख प्रशिक्षकका लागि परेका आवेदन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)लाई पठाइएको जानकारी दिनुभयो । उहाँले एक साताभित्रै आईसीसीले प्रमुख प्रशिक्षक पदका उम्मेदवारहरुको छोट्याइएको सूची नेपाल क्रिकेट संघलाई पठाउने बताउनुभयो ।

एकजना प्रमुख प्रशिक्षक पदका लागि दक्षिण एशियाली राष्ट्रहरुसँगै दक्षिण अफ्रिकाबाट समेत आवेदन परेको छ । महासचिब प्याकुरेलले भन्नुभयो, “भारत, श्रीलङ्का, पाकिस्तानसँगै दक्षिण अफ्रिकाबाट प्रमुख प्रशिक्षकका लागि आवेदन परेको छ ।” नेपालबाट प्रमुख प्रशिक्षकका लागि एउटै आवेदन परेको छैन ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले एक साताभित्र छोट्याइएको सूची आईसीसीले क्यानलाई पठाउने जानकारी दिनुभयो । आईसीसीले जारी गरिएको मापदण्ड बमोजिम पहिलो चरणमा छोट्याएर दश जनाको सूची क्यानलाई पठाउने खुलाउनुभयो ।

दश जनाबाट थप ‘शर्टलिस्ट’ गरिने उहाँले बताउनुभयो । प्रमुख प्रशिक्षक पदका लागि आवेदन दिनेमा अधिकांश दक्षिण एशियाली राष्ट्रका छन् । यो खबर आजको गोरखपत्रमा छ ।

" /> प्रमुख प्रशिक्षकमा ७७ जनाको आवेदन, सबै विदेशी - Sarbocha Media

प्रमुख प्रशिक्षकमा ७७ जनाको आवेदन, सबै विदेशी

`

     २०७७ कार्तिक १७ गते १२:५६

काठमाडौं, १७ कात्तिक। राष्ट्रिय क्रिकेट टोलिको प्रमुख प्रशिक्षक पदका लागि ७७ जनाले आवेदन दिएका छन् ।

नेपाल क्रिकेट संघले प्रमुख प्रशिक्षक, महाप्रबन्धक(जीएम), प्रमुख वित्त अधिकृत, सात प्रदेशका लागि सात जना स्थानीय प्रशिक्षक र क्रिकेट म्यानेजरका लागि आवेदन आव्हान गरेको थियो ।

नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले प्रमुख प्रशिक्षकका लागि परेका आवेदन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)लाई पठाइएको जानकारी दिनुभयो । उहाँले एक साताभित्रै आईसीसीले प्रमुख प्रशिक्षक पदका उम्मेदवारहरुको छोट्याइएको सूची नेपाल क्रिकेट संघलाई पठाउने बताउनुभयो ।

एकजना प्रमुख प्रशिक्षक पदका लागि दक्षिण एशियाली राष्ट्रहरुसँगै दक्षिण अफ्रिकाबाट समेत आवेदन परेको छ । महासचिब प्याकुरेलले भन्नुभयो, “भारत, श्रीलङ्का, पाकिस्तानसँगै दक्षिण अफ्रिकाबाट प्रमुख प्रशिक्षकका लागि आवेदन परेको छ ।” नेपालबाट प्रमुख प्रशिक्षकका लागि एउटै आवेदन परेको छैन ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले एक साताभित्र छोट्याइएको सूची आईसीसीले क्यानलाई पठाउने जानकारी दिनुभयो । आईसीसीले जारी गरिएको मापदण्ड बमोजिम पहिलो चरणमा छोट्याएर दश जनाको सूची क्यानलाई पठाउने खुलाउनुभयो ।

दश जनाबाट थप ‘शर्टलिस्ट’ गरिने उहाँले बताउनुभयो । प्रमुख प्रशिक्षक पदका लागि आवेदन दिनेमा अधिकांश दक्षिण एशियाली राष्ट्रका छन् । यो खबर आजको गोरखपत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?