advertisement

खास गरेर लुम्बिनी प्रदेशका पूर्वी रुकुम, दाङ, प्युठान, रोल्पा, बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सर्वसाधारण जमुनाह नाका भएर भारत जाने गरेका छन् । लामो समयदेखि बेरोजगार बस्दा परिवारको हातमुख जोड्नै गाह्रो भएपछि बाध्य भएर भारत जानुपरेको गुनासो उनीहरूले सुनाउने गरेको गिरीले बताए । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> नेपाली आर्थिक दसा टार्न भारत पस्दै, एकैपटक ठूलो भिड नाकामा - Sarbocha Media

नेपाली आर्थिक दसा टार्न भारत पस्दै, एकैपटक ठूलो भिड नाकामा

`

     २०७७ कार्तिक १६ गते १२:२९

बाँके, १६ कात्तिक । अहिलेसम्म ८१ लाख संक्रमित भएको भारत विश्वको दोस्रो प्रभावित देश हो, तर दुःखसुख दसैँ मनाएका नेपाली आर्थिक दसा टार्न भारत पस्दै छन् । एकैपटक ठूलो भिड नाकामा पुगेपछि व्यवस्थित गर्न प्रहरीलाई पनि सकस परेको छ ।

गाउँमा छाक टार्नै मुस्किल हुन थालेपछि पश्चिम पहाडका बासिन्दा कोरोना महामारीकै बीच रोजगारीको खोजीमा हुलका हुल भारत जान थालेका छन् । अवस्था कतिसम्म भयावह छ भने भारत जानेहरूलाई व्यवस्थापन गर्न बाँकेको जमुनाह नाकामा खटिएको प्रहरीलाई हम्मे परेको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सइ विष्णु गिरीका अनुसार शनिबार मात्रै एक हजार तीन सय ६० नेपाली भारततर्फ लागेका छन् । शुक्रबार सात सयभन्दा बढी गएको उनले बताए । ‘दसैँको टीका छाडेर फूलपाती, महाअष्टमी र नवमीका दिन पनि धेरै नेपाली भारततर्फ गए । दसैँ सकिएको भोलिपल्टदेखि त नाकामा थामिनसक्नु भिड लाग्न थालेको छ । भिड नियन्त्रणका लागि थप बल मगाउनुपर्ने अवस्था आइसक्यो,’ सइ गिरीले भने ।

advertisement

खास गरेर लुम्बिनी प्रदेशका पूर्वी रुकुम, दाङ, प्युठान, रोल्पा, बाँके र बर्दिया तथा कर्णाली प्रदेशका सर्वसाधारण जमुनाह नाका भएर भारत जाने गरेका छन् । लामो समयदेखि बेरोजगार बस्दा परिवारको हातमुख जोड्नै गाह्रो भएपछि बाध्य भएर भारत जानुपरेको गुनासो उनीहरूले सुनाउने गरेको गिरीले बताए । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?