advertisement

चारमुखे सिंह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । यो कुरा उसको चिह्नमुनि छ, तर विश्वासचाहिँ म गर्छु । म भारतलाई सोध्नेवाला छु, सत्यमेव जयते कि सिंहजयते ? सिंहमेव जयते र सत्यमेव जयते ? त्यसकारण हामी विश्वास गछौँ सत्य मेव जयते’ उनको भनाइ थियो ।

६ जेठमै राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले सीमा विवादमा भारतसँग छिनोफानो गर्ने समय आएको बताएका थिए । उनको भनाइ थियो, ‘हामीले सिमानाको टुंगो यतिवेलै लाउनुपर्नेछ । अब पनि हाम्रो भूभाग गुमेको छ भन्दै चित्त दुखाउँदै, मन कुँडाउँदै बस्ने समय होइन । अब छिनोफानो हुनुपर्छ र हाम्रो भूभाग फिर्ता लिनुपर्छ । एउटा टुंगोमा पुग्नुपर्छ । सरकारले लिम्पियाधुरा, लिपुलेकसम्मको भूभाग हाम्रो हो भन्यो । फिर्ता ल्याउँछौँ भन्यो ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> नक्सा प्रकरण : यसरी मोडियो ओलीको बाटो - Sarbocha Media

नक्सा प्रकरण : यसरी मोडियो ओलीको बाटो

`

     २०७७ कार्तिक १३ गते १२:३०

काठमाडौं, १३ कात्तिक । भारतले नेपाली भूमि मिचेर बनाएको सडक उद्घाटन गरेपछि बिथोलिएको नेपाल–भारत सम्बन्धलाई पुनस्र्थापित गर्न प्रधानमन्त्री केपी ओलीले गैरराजनीतिक र गैरकूटनीतिक मार्ग अख्तियार गरेका छन् ।

राजनीतिक र कूटनीतिक संवादको प्रयासलाई नजरअन्दाज गर्दै आएको भारतले सैन्य तथा खुफिया माध्यमबाट संवाद सुरु गर्न ओलीलाई मनाएको छ ।

नेपाल र भारतबीचको समस्या जहाँको त्यहीँ छ । बालुवाटारदेखि संसद्सम्म आक्रामक अभिव्यक्ति दिँदै आएका ओलीको बाटो अहिले पूरै मोडिएको छ । ५ जेठमा मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको वास्तविक सीमासहितको राजनीतिक र प्रशासनिक नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

अर्को दिन ६ जेठ ०७७ मा संसद्को प्रतिनिधिसभामा बोल्दै ओलीले भारतको प्रतीक चिह्नलाई इंगित गरेर कठोर टिप्पणी गरेका थिए । ‘भारत भनेर चिनिने उसको एउटा प्रतीक चिह्न छ । अशोकाले स्थापना गरेको चिह्न छ ।

advertisement

चारमुखे सिंह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ । यो कुरा उसको चिह्नमुनि छ, तर विश्वासचाहिँ म गर्छु । म भारतलाई सोध्नेवाला छु, सत्यमेव जयते कि सिंहजयते ? सिंहमेव जयते र सत्यमेव जयते ? त्यसकारण हामी विश्वास गछौँ सत्य मेव जयते’ उनको भनाइ थियो ।

६ जेठमै राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले सीमा विवादमा भारतसँग छिनोफानो गर्ने समय आएको बताएका थिए । उनको भनाइ थियो, ‘हामीले सिमानाको टुंगो यतिवेलै लाउनुपर्नेछ । अब पनि हाम्रो भूभाग गुमेको छ भन्दै चित्त दुखाउँदै, मन कुँडाउँदै बस्ने समय होइन । अब छिनोफानो हुनुपर्छ र हाम्रो भूभाग फिर्ता लिनुपर्छ । एउटा टुंगोमा पुग्नुपर्छ । सरकारले लिम्पियाधुरा, लिपुलेकसम्मको भूभाग हाम्रो हो भन्यो । फिर्ता ल्याउँछौँ भन्यो ।’ यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?