advertisement

नेपाल बैङ्कर्स सङ्घका कार्यकारी निर्देशक अनिल शर्मा बजार खुलेपछि चाडबाडले गर्दा कर्जा र निक्षेपको मागमा उल्लेख्य सुधार आएको बताउनुहुन्छ । कर्जाको ब्याज दर घट्नु, आर्थिक क्रियाकलाप खुल्दै जानु, दशैँको माहोल बन्दै जानुले बैङ्क तथा वित्तीय संस्थामा कर्जाको माग आउन थालेको यो खबर आजको गोरखापत्रमा छ ।

" /> बढ्यो कर्जा र निक्षेप , एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब - Sarbocha Media

बढ्यो कर्जा र निक्षेप , एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब

`

     २०७७ कार्तिक ०५ गते १:४३

काठमाडौँ, ५ कात्तिक । पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् ।

यसले अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको सङ्केत गरेको छ ।
कोरोना सङ्क्रमणबाट जोगिँदै सर्वसाधारण दैनिक कामकाजमा फर्कन थाल्नु र चाडबाडको माहोलले गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप सङ्कलनमा ह्वात्तै सुधार आएको हो ।

छ महिनाअघिको बन्दाबन्दीपछि कर्जा प्रवाह ठप्प बनेका बैङ्कहरू पछिल्ला दिनमा कर्जा प्रवाह र निक्षेप सङ्कलनमा आएको वृद्धिले उत्साहित बन्दै छन् ।

बैङ्कहरूले असोजको २३ गतेसम्म २८ खर्ब ७२ अर्ब रुपियाँ ऋण प्रवाह गरेकामा ३० गते आइपुग्दा यो बढेर २९ खर्ब ४१ अर्ब रुपियाँमा पुगेको हो । यसैगरी असोज २३ सम्म २९ खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरेका २७ वाणिज्य बैङ्कले असोज ३० सम्म ३० खर्ब ३५ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् । एक सातामै निक्षेप सङ्कलन मात्र ७१ अर्बले बढेको हो ।

बैङ्क तथा वित्तीय संस्थाको कर्जा तान्ने होडबाजी, कर्जा तान्ने विभिन्न दशैँ योजना र अफरले आर्थिक क्रियाकलाप चलायमान हुन थालेको छ । दशैँले बजारमा बढाएको चहलपहलसँगै बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको हो ।

advertisement

नेपाल बैङ्कर्स सङ्घका कार्यकारी निर्देशक अनिल शर्मा बजार खुलेपछि चाडबाडले गर्दा कर्जा र निक्षेपको मागमा उल्लेख्य सुधार आएको बताउनुहुन्छ । कर्जाको ब्याज दर घट्नु, आर्थिक क्रियाकलाप खुल्दै जानु, दशैँको माहोल बन्दै जानुले बैङ्क तथा वित्तीय संस्थामा कर्जाको माग आउन थालेको यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?