भैरहवा, ४ कात्तिक । रुपन्देहीको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको छ ।
सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा सोमबार राति करिब साढे ७ बजे आगलागी भएको हो । पेट्रोलपम्पमा ट्यांकरबाट इन्धन अनलोड गर्ने क्रममा ट्यांकरमा आगलागी भएको जनाइएको छ ।

ट्यांकरबाट सल्केको आगोले पम्पमा समेत टिपेको बताइएको छ ।




