advertisement

आयोजना निर्माणका विषयमा कुनै निर्णय नै नभइसकेको अवस्थामा यति अर्ब उति अर्ब बाँडेर खाए भन्नु गैरजिम्मेवार अभिब्यक्ति हो उहाँले थप्नुभयो । सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको रणनीति अख्तियार गरी राज्यका सबै निकायलाई पारदर्शी र जिम्मेवार बनाइएको चर्चा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

" /> निर्णय नै नभइ यति अर्ब खाए भन्नु गैरजिम्मेवार अभिव्यक्ति : प्रधानमन्त्री ओली - Sarbocha Media

निर्णय नै नभइ यति अर्ब खाए भन्नु गैरजिम्मेवार अभिव्यक्ति : प्रधानमन्त्री ओली

`

     २०७७ कार्तिक ०१ गते १:४२

काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमित स्रोत साधनबीच पनि नेपाल प्रहरीले अपराध अनुसन्धान तथा शान्तिसुरक्षा अमनचैन कायम राख्न निर्वाह गर्दै आएको जिम्मेवारी प्रशंसनीय रहेको बताउनुभएको छ ।

६५ औँ प्रहरी दिवसको अवसरमा शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले कोरोना महामारीसँगै मुलुकमा विभिन्न किसिमका अपराधका घटना बढिरहेकाले त्यस्ता घटना हुनै नदिनतर्फ प्रहरी चनाखो हुनुपर्ने बताउनुभयो ।अपराधका घटनाले भौगोलिक सीमाको पर्खाल तोडिसकेको चर्चा गर्दै, प्रधानमन्त्री ओलीले भन्नुभयो–‘स्रोत साधन सीमित छ, तर पनि प्रहरीले राज्य तथा नागरिकको ज्यूधनको सुरक्षाका लागि प्रहरी हर– प्रहर तैनाथ छ । जुन कार्य आफैंमा प्रशंसनीय छ ।’

कतिपय ब्यक्ति तथा समूहबाट संविधान विपरीतका कार्य भइरहेको स्मरण गराउदै उहाँले विधिको शासनमा अतिवादी तथा संविधान विपरीतका क्रियाकलाप नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । महिलामाथि एसिड छ्याप्ने र बलात्कार जस्ता अपराध नियन्त्रण गर्न ‘कडा’ कानुन बनाइने जानकारी उहाँले दिनुभयो । त्यस्तैं, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही हप्ताअघि बुढीगण्डकी आयोजनामा शीर्षनेताले ‘घुस’ लिएको विषयमा दिएको अभिब्यक्तिप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले गैरजिम्मेवार र जनमानसमा भ्रम छर्नलाई भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

advertisement

आयोजना निर्माणका विषयमा कुनै निर्णय नै नभइसकेको अवस्थामा यति अर्ब उति अर्ब बाँडेर खाए भन्नु गैरजिम्मेवार अभिब्यक्ति हो उहाँले थप्नुभयो । सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको रणनीति अख्तियार गरी राज्यका सबै निकायलाई पारदर्शी र जिम्मेवार बनाइएको चर्चा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?