काठमाडौं, २९ असोज । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भएका छन्।
एक्कासी रक्तचाप बढेपछि बुधबार साँझ खनाललाई ह्याम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
खनाललाई साँझ ४ बजे अस्पताल भर्ना गरिएको बताइएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य छ ।




