धादिङ, २६ असोज । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ ।
बिहान तीन बजे थाक्रे गाउँपालिका–१ ढांडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
गुडिरहेको बेला अचानक आगो लागेको बसका चालक गोविन्द थापाले बताए । बसमा लागेको आगो दमकलको सहयोगमा निभाइसकेको जनाइएको छ।

आगो लाग्नुको कारणबारे थप अनुशन्धान भइरहेको बताइएको छ।




