advertisement

घरबाहिरको काम यमनारायण गर्छन्। तर, उनी एकछिन पनि पत्नीको साथ छाड्दैनन्। यमनारायणको समय पत्नीको हेरचाहमा बितिरहेको छ। हरेक काममा साथमै हुन्छन्। पत्नीले नरमाइलो माने उनीे सम्झाउँछन्। अन्यत्रको कुरा गरेर मन भुलाउँछन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> एसिडको घाउमा मायाको मलम - Sarbocha Media

एसिडको घाउमा मायाको मलम

`

     २०७७ आश्विन २४ गते २:३५

नवलपुर, २४ असोज । एसिड आक्रमणमा परेपछि कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो। उनी आफ्नो नयाँ रूपरंग देखेर डराइन्।

पतिको मायामा कमी आउँछ कि भन्ने लाग्यो। ससाना छोराछोरीमा मानसिक असर पर्छ कि भन्ने पनि डर थियो। तर, एसिडको घाउमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ। त्यही मायाले उनको आत्मबल कमजोर हुन दिएको छैन।

‘पहिला के होला भन्ने डर थियो। आजभोलि आँट आएको छ’, वसन्तीले हँसिलो मुद्रामा भनिन्, ‘पतिको मायाले मलाई बाँच्ने आधार मिलेको छ।’ यमनारायणले पहिलेभन्दा बढी माया गर्छन् वसन्तीलाई। घरमा खाना पकाउने, सरसफाइको काम वसन्तीले गर्छिन्।

advertisement

घरबाहिरको काम यमनारायण गर्छन्। तर, उनी एकछिन पनि पत्नीको साथ छाड्दैनन्। यमनारायणको समय पत्नीको हेरचाहमा बितिरहेको छ। हरेक काममा साथमै हुन्छन्। पत्नीले नरमाइलो माने उनीे सम्झाउँछन्। अन्यत्रको कुरा गरेर मन भुलाउँछन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?