advertisement

बलात्कारीका लागि कडा सजाएको कानूनी व्यवस्था समेत माग गरेकी दीपा अगाडि थप्छिन् ‘नारीलाई अधिकार दिने कुरा गर्छौं हामी, पहिला उनको निर्धक्क बाँच्ने अधिकार त सुरक्षित गरौं ।’

पछिल्लो अभिनयको अलवा निर्देशनमा समेत सक्रिय दीपाले केही हिट फिल्म समेत दिएकी छन् । उनी केही अगाडि महानायकको बिषयमा देखिएको अभिब्यक्तिका कारणले समेत चर्चामा छाएकी थिइन् ।

" /> आज नारी घरभित्रै सुरक्षित छैनन् : दीपाश्री निरौला - Sarbocha Media

आज नारी घरभित्रै सुरक्षित छैनन् : दीपाश्री निरौला

`

     २०७७ आश्विन २३ गते २:४१

काठमाडौं, २३ असाेज । पछिल्लो समय नेपाली समाजमा बलात्कारका घटनाहरुले डरलाग्दो रुप लिदै गएको छ । यसको विरुद्ध महिला कलाकारहरु अहिले खुलेरै बिरोध गर्न थालेका छन् । यस्तैमा अभिनेत्री दीपाश्री निरौलाले नारीहरु आज घरभित्रै असुरक्षित हुन थालेकोमा चिन्ता व्यत्त गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बलात्कारका डरलाग्दा घटनाको विरोध गर्दै नारी असुरक्षित भएको चिन्ता ब्यक्त गरेकी हुन् । ‘पहिला पहिला नारीहरु घर बाहिर असुरक्षित हुन्थे । अवस्था यस्तो आयो कि आज नारी घर भित्रै सुरक्षित छैनन्’ उनले लेखेकी छन् ‘एक त बलात्कारीहरु समातिँदैनन् । यदि समातिए भने पनि आज जेल जान्छन्, पर्सि निस्कन्छन् ।’

advertisement

बलात्कारीका लागि कडा सजाएको कानूनी व्यवस्था समेत माग गरेकी दीपा अगाडि थप्छिन् ‘नारीलाई अधिकार दिने कुरा गर्छौं हामी, पहिला उनको निर्धक्क बाँच्ने अधिकार त सुरक्षित गरौं ।’

पछिल्लो अभिनयको अलवा निर्देशनमा समेत सक्रिय दीपाले केही हिट फिल्म समेत दिएकी छन् । उनी केही अगाडि महानायकको बिषयमा देखिएको अभिब्यक्तिका कारणले समेत चर्चामा छाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?