advertisement

गाउँमा प्रसूति सेवा केन्द्र नभएपछि आफन्तले बोकेर ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष रोकायाले बताए । दिउँसो सुत्केरी व्यथाले च्यापेकी अम्बकलालाई गाउँमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टि ल्याउँदै गर्दा मृत्यु भएको आफन्तले बताए।

कुरु गाउँमा प्रसूति केन्द्र नहुँदा त्यहाँका महिलाले विकरालमा ज्यान गुमाउन बाध्य छन्। कुरुमा यो वर्ष २ जनाले कोल्टि प्रथामिक स्वास्थ्य केन्दै ल्याउँदै गर्दा बाटोमै शिशुलाई जन्म दिएको वडा अध्यक्ष रोकायाले बताए।

" /> अस्पताल लैजाने क्रममा बाटोमै गर्भवतीको मृत्यु - Sarbocha Media

अस्पताल लैजाने क्रममा बाटोमै गर्भवतीको मृत्यु

`

     २०७७ आश्विन २३ गते ८:४४

बाजुरा, २३ असाेज । जिल्लाको बुढिनन्दा नगरपालिका ४ कुरुमा उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा गर्भवतीको मृत्यु भएको छ ।

घरमा सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बुढीनन्दा नगरपालिका ४ कुररुकी २३ वर्षीया अम्बकला रोकायाको बिहीबार राती मृत्यु भएको बुढीनन्दा नारपालका ४ कावडा अध्यक्ष राजन रोकायाले जानकारी दिए।

advertisement

गाउँमा प्रसूति सेवा केन्द्र नभएपछि आफन्तले बोकेर ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अध्यक्ष रोकायाले बताए । दिउँसो सुत्केरी व्यथाले च्यापेकी अम्बकलालाई गाउँमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टि ल्याउँदै गर्दा मृत्यु भएको आफन्तले बताए।

कुरु गाउँमा प्रसूति केन्द्र नहुँदा त्यहाँका महिलाले विकरालमा ज्यान गुमाउन बाध्य छन्। कुरुमा यो वर्ष २ जनाले कोल्टि प्रथामिक स्वास्थ्य केन्दै ल्याउँदै गर्दा बाटोमै शिशुलाई जन्म दिएको वडा अध्यक्ष रोकायाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?