advertisement

६ महिना अध्ययन गरेर तयार पारेको प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्रले गत वर्ष ७ कात्तिकमा प्रधानमन्त्रीलाई बुझाएको थियो । ‘गैरकानुनी रूपमा लिएको अतिरिक्त शुल्क फिर्ता नगरे सञ्चालकहरूलाई ठगी मुद्दा चलाउन समितिले समेत सिफारिस गरेको थियो । तर, अहिलेसम्म न कसैलाई कारबाही भयो, न पैसा फिर्ता भयो,’ सतर्कता केन्द्रका एक अधिकारीले भने । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> एक वर्षअघि नै प्रधानमन्त्रीको हातमा सतर्कता केन्द्रको प्रतिवेदन : मेडिकल कलेजले ठगे तीन वर्षमा तीन अर्ब - Sarbocha Media

एक वर्षअघि नै प्रधानमन्त्रीको हातमा सतर्कता केन्द्रको प्रतिवेदन : मेडिकल कलेजले ठगे तीन वर्षमा तीन अर्ब

`

     २०७७ आश्विन २१ गते १:०३

काठमाडौं, २१ असोज ।  शिक्षामा सरकारले तोकेभन्दा मेडिकल कलेजले १८ लाख रुपैयाँसम्म बढी शुल्क लिए भनेर अभिभावक रोएका छन्, विद्यार्थीले नारा लगाएका छन्, डा। गोविन्द केसी पटकपटक अनशन बसेका छन् । यो सारा आवाज सरकारले उपेक्षा गरेको छ । त्यति मात्र होइन, सरकारले नै गठन गरेको छानबिन समितिको ठहर छ– मेडिकल कलेजले तीन वर्षमा तीन अर्ब ठगी गरे । अभिभावक रुवाउने, विद्यार्थी तर्साउने यी मेडिकल कलेजलाई कुनै कारबाही गर्न नसक्ने सरकार डा। केसीसँग भने दम्भ देखाउँदै छ ।

सरकारले नै गठन गरेको छानबिन समितिले मेडिकल शिक्षाका नाममा भइरहेको लुटको भयावह तस्बिर फेला पारेको हो । ‘नेपाली विद्यार्थीबाट मात्र तीन वर्षमा तीन अर्बभन्दा बढी असुल गरिएको छ, विदेशी विद्यार्थीबाट उठाइएको शुल्क बेहिसाब छ,’ छानबिन समितिको ठहर छ ।

मेडिकल कलेजमा भइरहेको अवैध असुलीबारे विद्यार्थी, डा। केसी र मिडियाले लगातार आवाज उठाएपछि सरकारले सतर्कता केन्द्रका डिआइजी कमल अधिकारीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले सन् ०१५ देखि १८ सम्म मेडिकल कलेजहरूमा विद्यार्थी भर्ना संख्या, विभिन्न शीर्षकमा उठाइएको शुल्कलगायतका विषयमा स्थलगत अध्ययन गरेको थियो ।

advertisement

६ महिना अध्ययन गरेर तयार पारेको प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्रले गत वर्ष ७ कात्तिकमा प्रधानमन्त्रीलाई बुझाएको थियो । ‘गैरकानुनी रूपमा लिएको अतिरिक्त शुल्क फिर्ता नगरे सञ्चालकहरूलाई ठगी मुद्दा चलाउन समितिले समेत सिफारिस गरेको थियो । तर, अहिलेसम्म न कसैलाई कारबाही भयो, न पैसा फिर्ता भयो,’ सतर्कता केन्द्रका एक अधिकारीले भने । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?