advertisement

दुबई इन्टरनेसनल रंगशालमा भएको खेलमा कोलहीले पञ्जावका कप्तान केएल राहुलका दुई वटा क्याच मिस गरेका थिए। राहुलले ८३ रन र ८९ रन बनाएर खेलिरहदा कोलहीले क्याच मिस गरेका थिए।

जुन बेंग्लोरका लागि महँगो सावित भयो। किनभने जीवनदान पाएका राहुलले शतक प्रहार गर्दा बेंग्लोरले विशाल लक्ष्य पाएको थियो।

राहुलले नटआउट १३२ रन जोड्दा पञ्जावले २ सय ६ रनको विशाल योगफल खडा गर्‍यो। शतकसँगै राहुलले आइपिएलको एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने भारतीय ब्याट्सम्यानको रेकर्ड बनाए।

पहिलो खेलमा जित निकालेको बेंग्लोरले दोस्रो खेलमा राम्रो ब्याटिङ गर्न नसक्दा १०९ रनमै अलआउट भयो।

यता पहिलो खेलमा दिल्लीसँग पराजित भएको पञ्जावले सिजनमा पहिलो जित निकालेको छ।

" /> 'स्लो ओभर' गरेको भन्दै विराट कोहलीलाई १९ लाख जरिवाना - Sarbocha Media

‘स्लो ओभर’ गरेको भन्दै विराट कोहलीलाई १९ लाख जरिवाना

`

     २०७७ आश्विन ०९ गते ९:३७

 काठमाडौं, ९ असोज  । आइपिएल टिम रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई जरिवाना गरिएको छ। किंग्स–११ पञ्जावविरुद्धको खेलका दौरान ‘स्लो ओभर’ गरेको भन्दै कोहलीलाई १९ लाख १९ हजार रूपैयाँ (१२ लाख भारू) जरिवाना गरिएको छ।

कोहलीले दुई पटक क्याच छाडेको खेलमा बेंग्लोरमाथि पञ्जावले ९७ रनको विशाल जित हात पारेको थियो। आइपिएलका अनुसार ‘न्यूनतम ओभर गति उल्लङघन’सँग सम्बन्धित नियमअनुसार कोहलीमाथि जरिवाना गरिएको हो।

advertisement

दुबई इन्टरनेसनल रंगशालमा भएको खेलमा कोलहीले पञ्जावका कप्तान केएल राहुलका दुई वटा क्याच मिस गरेका थिए। राहुलले ८३ रन र ८९ रन बनाएर खेलिरहदा कोलहीले क्याच मिस गरेका थिए।

जुन बेंग्लोरका लागि महँगो सावित भयो। किनभने जीवनदान पाएका राहुलले शतक प्रहार गर्दा बेंग्लोरले विशाल लक्ष्य पाएको थियो।

राहुलले नटआउट १३२ रन जोड्दा पञ्जावले २ सय ६ रनको विशाल योगफल खडा गर्‍यो। शतकसँगै राहुलले आइपिएलको एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने भारतीय ब्याट्सम्यानको रेकर्ड बनाए।

पहिलो खेलमा जित निकालेको बेंग्लोरले दोस्रो खेलमा राम्रो ब्याटिङ गर्न नसक्दा १०९ रनमै अलआउट भयो।

यता पहिलो खेलमा दिल्लीसँग पराजित भएको पञ्जावले सिजनमा पहिलो जित निकालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?