advertisement

उहाँले छिमेकी मुलुकसँगको सीमा सम्बन्धी समाचार संवेदनशील विषय भएकाले यस्ता विषयमा समाचार सम्प्रेषण गर्दा सरकारको आधिकारिक धारणा समेत बुझेर प्रकाशन गर्दा राम्रो हुने बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

" /> नेपाल-चीनबीच सीमा समस्या छैनन् भए छलफलमार्फत् टुङ्गो लगाइन्छ : प्रवक्ता - Sarbocha Media

नेपाल-चीनबीच सीमा समस्या छैनन् भए छलफलमार्फत् टुङ्गो लगाइन्छ : प्रवक्ता

`

     २०७७ आश्विन ०८ गते २:०५

काठमाडौँ, असोज ७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनसँग नेपालको कुनै सीमा समस्या नरहेको स्पष्ट पार्नुभएको छ ।

नेपाल सरकारका प्रवक्ताको समेत जिम्मेवारीमा रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले हुम्लाको लाप्चास्थित नेपाली भूमि चिनियाँ पक्षबाट मिचिएको भन्ने समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले भन्नुभयो, “ने“नेपाल–चीन बीचमा सीमा समस्या छैनन् । त्यस्तो कतै भएमा बसेर छलफलमार्फत् टुङ्गो लगाइन्छ ।

उहाँले जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुखसहितको टोली सो क्षेत्रको स्थलगत अध्ययनका लागि गएको र सो टोली फर्केपछि सीमा सम्बन्धमा थप जानकारी दिइने बताउनुभयो ।

उहाँले हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चास्थित नेपाली भूमि मिचेर चीनले व्यवसायिक भवन बनाएको भन्ने खालका समाचार ७३ सालमा पनि प्रकाशन भएपछि सो सम्बन्धी अध्ययनका लागि सम्बद्ध अन्तर मन्त्रालय छानविन समिति गठन भएको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “सो समितिले स्थलगत अध्ययन गरी दिएको प्रतिवेदनमा लाप्चामा बनेका भवन नेपाल चीन सीमाभन्दा एक किलोमिटर चीनतर्फ बनेको भन्ने प्रतिवेदनमा उल्लेख रहेछ ।”

advertisement

उहाँले छिमेकी मुलुकसँगको सीमा सम्बन्धी समाचार संवेदनशील विषय भएकाले यस्ता विषयमा समाचार सम्प्रेषण गर्दा सरकारको आधिकारिक धारणा समेत बुझेर प्रकाशन गर्दा राम्रो हुने बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?