advertisement

वीरगन्जका ओम अस्पताल र सीता अस्पतालमा दोहोर सेवा गर्छिन् सरिता परियार । बिरामीको सेवा गर्दागर्दै उनी पनि कोभिड संक्रमित भइन् । २३ साउनमा उनलाई संक्रमण पुष्टि भयो । संक्रमणमुक्त भएर अहिले उनी आफ्नो नियमित काममा फर्किएकी छिन्, तर उनी खुसी हुन सकेकी छैनन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार : पढाइमा १० लाख खर्च, पारिश्रमिक १० हजार - Sarbocha Media

नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार : पढाइमा १० लाख खर्च, पारिश्रमिक १० हजार

`

     २०७७ आश्विन ०८ गते १:०५

काडमाडौं, ८ असोज । महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि निजी अस्पतालले चर्को श्रम शोषण गरेका छन् । सरकारी अस्पतालमा सरकार आफैँले घोषणा गरेको प्रोत्साहन भत्ता दिएको छैन । निजी अस्पतालमा पनि न्यूनतम सुविधासमेत नदिएर १२ घन्टासम्म काममा लगाउने गरिएको छ ।

सामान्य अवस्थामा आठ घन्टासम्म ड्युटीमा खटिने नर्स महामारीको यो वेला १२ घन्टा खटिएका छन् । तर, रातदिन नभनी अतिरिक्त सेवामा खटिएका नर्सका लागि निजी अस्पतालमा कुनै सुविधा छैन । यसै पनि श्रम शोषणमा परेका नर्सहरूमाथि अहिले महामारीका वेला थप अन्याय भएको छ ।

महामारीबीच पनि विराटनगरस्थित नोबल मेडिकल कलेजका स्वास्थ्यकर्मी बिरामीको सेवामा खटिएका थिए । बिरामीको सेवा गर्दागर्दै नर्स ज्योति पोखरेल संक्रमित भइन् । ‘अस्पतालमा काम गर्दागर्दै संक्रमित भएँ, आफूले नै काम गर्ने अस्पतालमा बस्छु भनेँ । तर, तिमीलाई राख्न सकिँदैन भनेर जवाफ आयो, आफ्नै अस्पतालले यस्तो व्यवहार गर्‍यो,’ पोखरेल नरमाइलो मान्छिन् ।

advertisement

वीरगन्जका ओम अस्पताल र सीता अस्पतालमा दोहोर सेवा गर्छिन् सरिता परियार । बिरामीको सेवा गर्दागर्दै उनी पनि कोभिड संक्रमित भइन् । २३ साउनमा उनलाई संक्रमण पुष्टि भयो । संक्रमणमुक्त भएर अहिले उनी आफ्नो नियमित काममा फर्किएकी छिन्, तर उनी खुसी हुन सकेकी छैनन् । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?