advertisement

अर्को टेम्पोमा उनीहरूले पछ्याए। साँझ जोगबनी आइपुगेकी उनलाई प्रहरी र साना हातहरू नामक संस्थाका सीमामा परिचालित स्वयंसेवकले सोधीखोजी गरे र संरक्षणमा राखे। सँगै आइपुगेकी मनिकालाई पनि राखे। बाँकी दुई जना भने भाग्न सफल भए। प्रहरीले दुवै युवतीलाई भने पीडित ठानेको थियो। यो खबर आजको अन्नपुर्ण पोस्टमा छ ।

" /> पूजामा कन्या चाहिने भन्दै भारत पुर्‍याइयो, बसबाटै हामफालिन् किशोरी - Sarbocha Media

पूजामा कन्या चाहिने भन्दै भारत पुर्‍याइयो, बसबाटै हामफालिन् किशोरी

`

     २०७७ आश्विन ०७ गते ३:००

विराटनगर , ७ असोज । लेटाङ —३ मोरङकी मनिका ढकाल सुनसरी रामधुनी–५ झुम्कामा डेरा गरेर बस्छिन्। त्यहीँ नजिक घर भएकी १७ वर्षे एक किशोरीलाई आइतबार बिहान उनले विराटनगर पूजामा जान फकाइन्। उनकी आमासँग अनुमति लिइन्। पूजामा कन्या चाहिने र टीका लगाएर ५ हजार रुपैयाँसमेत दिन्छन् भनेपछि आमाले आनाकानी गरिनन्।

विराटनगरमा सप्तरी विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल र तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल थपिए। उनीहरूले इस्लामपुर नाका हुँदै भारत छिराएको उनले पत्तै पाइनन्। इस्लामपुर–जोगबनी हुँदै ट्याम्पोमा २० किलोमिटर टाढा फारबिसगन्ज पुर्‍याए।

त्यहाँबाट बसमा राखेर ४८ किलोमिटर दूरीको सिम्राहीसम्म लगे। त्यहाँ उत्रिएपछि ‘हाम्रा मान्छे आएनन्’ भन्ने गफ गरेको उनले सुनिन्। साइनबोर्डहरू हेर्दा भारत रहेको पनि पत्तो पाइन्। र, किशोरीले नयाँ जुक्ति फुराइन्।

उनीहरूको आँखा छलेर फारबिसगन्ज आउने बस चढिन्। कुद्दै गरेको बस रोकेर ती तीनै जना त्यसमै चढे। बाटाभरि केही हुँदैन, जानुपर्छ भन्दै फकाए। उनले मानिनन्। जब फारबिसगन्ज बस आइपुग्यो, हतार–हतार हाम्फालिन्। रिजर्भको टेम्पो चढेर तुरुन्तै जोगबनीतिर फर्किइन्।

advertisement

अर्को टेम्पोमा उनीहरूले पछ्याए। साँझ जोगबनी आइपुगेकी उनलाई प्रहरी र साना हातहरू नामक संस्थाका सीमामा परिचालित स्वयंसेवकले सोधीखोजी गरे र संरक्षणमा राखे। सँगै आइपुगेकी मनिकालाई पनि राखे। बाँकी दुई जना भने भाग्न सफल भए। प्रहरीले दुवै युवतीलाई भने पीडित ठानेको थियो। यो खबर आजको अन्नपुर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?