advertisement

विभागका महानिर्देशक गोगनबहादुर हमालले तोकेबमोजिम भए–नभएको अनुगमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको बताउनुहुन्छ । उपत्यकाको मुख्य शहरी क्षेत्रबाट काँठ क्षेत्रमा जाने सवारीमा बढी भीड हुने गरेको छ । काँठ क्षेत्रका यातायातमा अहिले पनि यात्रु झुण्डिएर यात्रा गर्न बाध्य छन् तर भाडा भने बढी नै तिरिरहेका छन् । यो खबर गोरखपत्रमा छ ।

" /> सार्वजनिक यातायातमा ‘न स्यानिटाइजर न दूरी, भाडामात्र बढी’ - Sarbocha Media

सार्वजनिक यातायातमा ‘न स्यानिटाइजर न दूरी, भाडामात्र बढी’

`

     २०७७ आश्विन ०५ गते २:१७

काठमाडौं, ५ असोज । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढाइएको छ ।

यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुनसकेको छैन । अनुगमनसमेत नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको यात्रु प्रेमबहादुर थापाले राससलाई बताउनुभयो । “सार्वजनिक यातायातले पालना गर्नुपर्ने दूरी कायम गरेर क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्ने र स्यानिटाइजरको व्यवस्था कार्यान्वयन भएन, पहिलेको भाडामा ५० प्रतिशत थपेर भाडा लिन पाउने नियममा भने बढाएर सके जति लिने गरेका छन्”, उहाँले भन्नुभयो ।

विभागले चार किमीको भाडा रु १४ तोकेको छ । क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्दा ५० प्रतिशत बढाएर न्यूनतम् भाडा रु २१ हुन्छ । तर हाल त्यस्ता यातायातमा परिचालकले न्यूनतम् भाडा रु २५ उठाइरहेका छन् । यातायात व्यवसायी न्यूनतम् भाडा रु २५ बनाउने ध्याउन्नमा छन् । कोरोना महामारीका बेला भौतिक दूरी र सुरक्षाका उपाय भने अपनाएका छैनन् ।

advertisement

विभागका महानिर्देशक गोगनबहादुर हमालले तोकेबमोजिम भए–नभएको अनुगमन गर्ने जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको बताउनुहुन्छ । उपत्यकाको मुख्य शहरी क्षेत्रबाट काँठ क्षेत्रमा जाने सवारीमा बढी भीड हुने गरेको छ । काँठ क्षेत्रका यातायातमा अहिले पनि यात्रु झुण्डिएर यात्रा गर्न बाध्य छन् तर भाडा भने बढी नै तिरिरहेका छन् । यो खबर गोरखपत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?