पाेखरा, १ असाेज । ‘जात व्यवस्था उन्मुलन मोर्चा नेपाल, गण्डकी प्रदेश समिति’ गठन गरिएको छ । आज (बिहीबार) जात व्यवस्था उन्मुलन मोर्चा नेपाल केन्दीय संयोजक राजकुमार हिङमाङकाे उपस्थितिमा ३५ सदस्य समिति गठन गरिएको हो ।
लकडाउनका कारण भर्चुअल माध्यम जुममा आयोजित भेलाले यम रसाइली (पर्वत)को संयोजकत्वमा समिति गठन गरेको हो । भेलामा जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका संयोजक हिङमाङले नेपाली समाजमा जात व्यवस्था कसरी शुरु भयो भन्ने विषयमा प्रकाश पारेका थिए ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपाल गण्डकी प्रदेश सदस्यमा सेतु वि. क. (मुस्ताङ), खिम रसाइली (म्याग्दी), श्रीकृष्ण वि. क. (म्याग्दी), अनु गोतामे (म्यग्दी), उमेश नेपाली (बाग्लुङ), आम एस. पी (बाग्लुङ), प्रकाश परियार (पर्वत), अनमोल सुरेश (पर्वत), विद्धन दियाली (पर्वत), सरु हिताङ (पर्वत), जौमाया हिताङ (पर्वत) र दिपक गदाल (पर्वत) रहेका छन् ।
त्यस्तै समिति राजेश गहतराज (स्याङजा), लक्ष्मी विश्वकर्मा (स्याङजा), निरज नेपाली (कास्की), राम रसाइली (कास्की), समर श्रेष्ठ (कास्की), कमला सुनाम (कास्की), डिके सुनार (कास्की), महेन्द्र परियार (कास्की), गणेश रामदाम (कस्की), तीर्थराज वि. क. (लमजुङ), हिक्मत विश्वकर्मा (गोरखा), मिलन घतानी (गोरखा), टेकराज विश्वकर्मा (गोरखा) र चन्द्र विश्वकमा (नवलपुर) रहेछ छन् ।
अरु पाँच जना भने पछि थपिने जात व्यवस्था उन्मुलन मोर्चा नेपाल गण्डकी प्रदेशका संयोजक यम रसाइली जानकारी दिए ।




