advertisement
" /> नेकपामा विवाद नगर्ने दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको वाचा - Sarbocha Media

नेकपामा विवाद नगर्ने दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको वाचा

`

     २०७७ भाद्र ३० गते १:४२

काठमाडौं, ३० भदौ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार १९ पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका छन्। उनीहरूले भदौ २६ लाई पुरानो विवादमा नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गर्ने बताएका छन्। पुनः पुरानै अन्तरविरोधपूर्ण विवाद नगर्ने सुनिश्चित गर्ने प्रतिबद्धता ओली र दाहालले जनाएका छन्।

‘पार्टीभित्र देखा परेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गर्ने र पुनः त्यस प्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने’, निर्देशनको पृष्ठ ७ को बुँदा नम्बर ५.६ मा छ। यो खबर अन्नपूर्ण पोस्टमा छ ।

advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?