काठमाडौं, ३० भदौ । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका डा.ज्ञानेश्वरप्रसाद सिंहको उपचारमा लापरबाही र त्रुटि गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका एक चिकित्कसलाई कारबाही गरेको छ भने एकजनालाई स्पष्टीकरण सोधेको छ ।
काउन्सिलले डा. सिंहको उपचारमा संलग्न आँखा, कान, घाँटी, नाकका चिकित्सक डा। विश्व तुलाचनलाई एक वर्षसम्म ‘इसोफिजिएल इन्डोस्कोपी’ नपाउने कारबाही गरेको छ । एक वर्षपछि इसोफिजिएल इन्डोस्कोपीको तालिम लिएको प्रमाण पेस गरेपछि मात्रै डा. तुलाचनलाई काम गर्न दिने निर्णय गरेको छ ।

काउन्सिलले २५ भदौमा डा. तुलाचनलाई यस्तो निर्देशनसहितको पत्र पठाएको हो । डा. तुलाचनले उपचारका क्रममा उपचारको पूर्ण प्रक्रिया नअपनाएको, बिरामी पक्षलाई सबै जानकारी नगराएको र उपचारको अभिलेख तथा कागजात दुरुस्त नराखेको काउन्सिलको ठहर छ यो खबर आजको नयाँपत्रिकामा छ ।




