advertisement

शम्भु २२ वर्षदेखि नेपाल बस्दै आएका थिए । कीर्तिपुरमा बसेको नै १५ वर्षभन्दा बढी भएको थियो । प्रेमकृष्णको घरमा पनि श्रीमती र तीन छोरासहित १५ महिनादेखि बस्दै आएका थिए । यो खबर आजको नयाँपत्रिकामा छ ।

" /> घरधनीद्वारा भाडामा बस्नेको हत्या - Sarbocha Media

घरधनीद्वारा भाडामा बस्नेको हत्या

`

     २०७७ भाद्र २९ गते १:११

काठमाडौं, २८ भदौ । घरधनीले डेरा सार्न दबाब दिएपछि भारतको मोतिहारी चम्पारण संग्रामपुरका ४२ वर्षीय शम्भु चौधरी (महतो) शुक्रबार बिहानै उठे । परिवारका सदस्यसँगै झिटीगुन्टा कसे । नजिकैको घरमा धमाधम सार्न लागे ।

दराज गह्रौँ भएकाले सार्न बाँकी थियो । सार्न भन्दै अपाह्न १२ बजे कोठा छिर्न लाग्दै थिए । घरधनी ६६ वर्षीय प्रेमकृष्ण महर्जन आँगनमै भेटिए । जम्काभेटसँगै दुवैबीच भनाभन भयो । रिसले चुर भएका प्रेमकृष्ण सरासर घरभित्र छिरे । ढोकामा लगाउने आग्लो झिके । त्यही आग्लो शम्भुको टाउकोमा बजारे ।

चोटका कारण शम्भु त्यहीँ ढले । मुखबाट फिँज निस्कन थाल्यो । घटनास्थल रमितेले क्षणभरमै भरियो । केहीबेरमै पुगेको प्रहरीले अचेत शम्भुलाई भ्यानमा राखेर कीर्तिपुर मोडेल अस्पताल पु¥यायो । तर, अचेत शम्भु फेरि ब्युँझेनन् । दिउँसो २ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे ।

घरधनीले भनेअनुसार नै डेरा सार्दा पनि किन कुटपिट गरे भन्ने बुझ्न नसकिएको शम्भुका छोरा १६ वर्षीय राहुलले सुनाए । ‘घरबेटीले डेरा सर्न पटकपटक भनेको थियो । भाडा चुक्ता गरेर हामी शुक्रबार बिहानबाटै सर्न लागेका थियौँ । घरबेटीले किन बुबालाई प्रहार गरे केही बुझ्न सकिएको छैन,’ उनले भने, ‘घरबेटीले हानेको चोटकै कारण बुबाको मृत्यु भयो । अलि चाँडो उद्धार गर्न पाएको भए उहाँ बाँच्नुहुन्थ्यो कि ।’

advertisement

शम्भु २२ वर्षदेखि नेपाल बस्दै आएका थिए । कीर्तिपुरमा बसेको नै १५ वर्षभन्दा बढी भएको थियो । प्रेमकृष्णको घरमा पनि श्रीमती र तीन छोरासहित १५ महिनादेखि बस्दै आएका थिए । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?