advertisement

मेथानलको थोरै मात्रा पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ। मानिसको ज्यानै लिने मेथानल सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा ७६.३३ प्रतिशत, एडभान्स ह्यान्ड स्यानिटाइजरमा ७० प्रतिशत र एरोसफ्टमा ५९.९६ प्रतिशतसम्म मात्रा भेटिएको प्रयोगशालाको परीक्षणमा खुलेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

" /> विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती, स्यानिटाइजरमा मानिसको ज्यानै लिने मेथानल - Sarbocha Media

विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती, स्यानिटाइजरमा मानिसको ज्यानै लिने मेथानल

`

     २०७७ भाद्र २८ गते २:४५

काठमाडौं, भदौ २८  घरमा स्यानिटाइजर। सवारी साधनमा स्यानिटाइजर। अफिसमा स्यानिटाइजर। खल्तीमै स्यानिटाइजर। जहाँ गयो त्यहीं स्यानिटाइजर। सम्झनासाथ हातमा दलिरहने स्यानिटाइजरले के साँच्चै कोरोना भाइरस शरीरमा छिर्न रोकिरहेको होला रु विज्ञहरू भन्छन्, ‘नक्कली र गुणस्तरहीन स्यानिटाइजरका कारण बरु मान्छेको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको छ।’

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले गरेको प्रारम्भिक अनुसन्धानमध्ये बजारमा प्रयोग भइरहेका स्यानिटाइजरमध्ये ४५ प्रतिशत प्रभावहीन (बरु हानिकारक) देखाएको छ। उसले २२ ब्रान्डको नमुना परीक्षण गर्दा ४५ प्रतिशतमा दुईखाले हानिकारक जीवाणु (ब्याक्टेरिया) लाई नष्ट गर्ने क्षमता नभएको पाएको छ। ती मानव स्वास्थ्यका लागि हानिकारकसमेत छन्।

औषधि उत्पादक संघका अनुसार देशभर ३ सयभन्दा बढी स्यानिटाइजर उद्योग छन्। तर, औषधी व्यवस्था विभागबाट जम्मा ४० वटाले मात्र सञ्चालन अनुमति लिएका छन्। ती सबैको अनुगमन एवं नियमन गर्न विभाग असमर्थ देखिएको छ।

विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती भएको गुनासोपछि बल्ल उसले ५ वटा उत्पादनलाई प्रतिबन्ध लगाएको छ। विभागले प्रतिबन्ध लगाएकामध्ये हाइजिन सोप एन्ड केमिकल्स प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ब्रान्डको ५० एमएल स्यानिटाइजरमा ८३ प्रतिशत मेथानल मिसाएको पाइएको छ।

advertisement

मेथानलको थोरै मात्रा पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ। मानिसको ज्यानै लिने मेथानल सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा ७६.३३ प्रतिशत, एडभान्स ह्यान्ड स्यानिटाइजरमा ७० प्रतिशत र एरोसफ्टमा ५९.९६ प्रतिशतसम्म मात्रा भेटिएको प्रयोगशालाको परीक्षणमा खुलेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?